काठमाण्डौ । भारतीय जीवन बीमा निगम अर्थात् एलआईसी भारतको सबैभन्दा ठूलो बीमा कम्पनी हो।

तर यो विश्वको चौथो नम्बरमा छ । रिजर्भको हिसाबले पनि यो विश्वको चौथो ठूलो बीमा कम्पनी बनेको छ। आजको वित्तीय सचेतना श्रृंखलामा विश्वका बीमा कम्पनीहरुको आकार र श्रेणाीको बारेमा जानकारी दिन प्रयास गरिएको  छ। ।

एसएन्डपी ग्लोबल मार्केटिङ इन्टेलिजेन्सका अनुसार,एलआईसी कोषमा ५०३.७ बिलियन डलरको सञ्चित छ। यस सूचीमा जर्मन कम्पनी एलियान्ज एसई ७५०.२ बिलियन डलरको सञ्चितिको साथ पहिलो स्थानमा छ ।

चाइना लाइफ इन्स्योरेन्स कम्पनी ६१६.९ अर्ब डलर सञ्चितिसहित दोस्रो र निप्पन लाइफ इन्स्योरेन्स कम्पनी ५३६.८ अर्ब डलर सञ्चितिसहित तेस्रो स्थानमा छ ।विश्वको शीर्ष ५० वटा बीमा कम्पनीहरूको सूचीमा भारतको एकमात्र एलआईसी रहेको छ ।

यो सूचीमा  यूरोपका विभिन्न देशको प्रभुत्व रहेको छ। ती देशका २१ कम्पनीले यो सूचीमा स्थान पाएका छन् । यो सूचीमा बेलायतका बढीमा ६ कम्पनी परेका छन् । विश्वव्यापी जीवन बीमामा भारतको हिस्सा १.९ प्रतिशत मात्रै छ ।

यसका अतिरिक्त एलआईसी विश्वका शीर्ष पाँच बीमा कम्पनीहरूको सूचीमा परेको छ। यसले भारतीय बजारमा एलआईसीको प्रभुत्व रहेको देखाउँछ । तर, कारोबारको सन्दर्भमा हेर्दा कम्पनीको बजार हिस्सा ५९ प्रतिशतमा झरेको छ ।कम्पनीले आईपीओ निष्कासन गरेर दोस्रो बजारमा प्रवेश गरेसँगै अपेक्षित प्रदर्शन गर्न भने सकेको छैन । 

प्रिमियम आम्दानीको हिसाबले, भारत सन् २०२३ मा विश्वमा सातौं स्थानमा छ। सन् २०२२ मा भारतको वरियतामा नवौंमा थियो।
अमेरिका प्रथम श्रेणीमा
स्विस रेको पछिल्लो विश्व बीमा प्रतिवेदन अनुसार भारतको बीमा प्रिमियम सन् २०२३ को मार्चमा एक वर्षअघिको १२३ अर्ब डलरबाट बढेर १३१ अर्ब डलर पुगेको छ। शीर्ष ५० मा एशियाका १७ र उत्तर अमेरिकाका १७ वटा कम्पनी छन्।

एशियाली बीमा कम्पनीहरूमध्ये चीन र जापानका पाँच कम्पनीले यो सूचीमा स्थान पाएका छन् ।

अमेरिकाको सबैभन्दा ठूलो बीमा कम्पनी मेटलाइफ विश्वव्यापी जीवन बीमाकर्ताहरूको सूचीमा सातौं नम्बरमा छ। -एजेन्सी