काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेस (एलआईसी) नेपालले आज ‘बाल समृद्धि’ नामक बीमा योजना सुरु गरेको छ।
कम्पनीको पुतलीसडकस्थित मुख्य कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दास, नायब प्रमुख कार्यकारी अधिकृत टी. वर्णवाल र सूचना प्रविधि प्रमुख सञ्जीव अग्रवालले आफ्ना कर्मचारीसँगै संयुक्त रुपमा यो योजनाको शुभारम्भ गरेका हुन्। यो योजनामा १६ वर्ष उमेर पूरा नहुँदासम्म बुझाएको बीमा शुल्कले २० वर्ष उमेर हुँदासम्म जोखिम बहन हुनेछ। अधिकतम ११ वर्षसम्म उमेर पुगेका बालबालिका यस योजानाका लागि बीमा योग्य हुन्छन् र बालबालिका १६ वर्ष पुगेपछि कुनै बीमा शुल्क बझाउनुपर्दैन।
बालबालिकाको १६, १७, १८, १९ र २० औँ जन्मदिनपछिको बीमा वर्ष दिवसमा बीमांकको २० प्रतिशतको दरले अग्रिम रुपमा र अन्तिम वर्षमा आर्जित बोनससहित रकम भुक्तानी हुने यस योजनाको विशेषता रहेको छ।
त्यसैगरी कथमकदाचित प्रस्तावकको अस्वाभाविक तवरले जीउज्यान गएमा प्रत्येक बीमालेख महिना दिवसमा बीमांकको १ प्रतिशत रकम मासिक आम्दानीका रुपमा भुक्तानी गर्दै बाँकी सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालु अवस्थामा रहनेछ ।
मुख्य विशेषताहरु
अन्य अवस्थाहरु
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19