काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको भुरीगाउँमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नति गरी ४४ औँ शाखाका रुपमा आजबाट सञ्चालनमा ल्याएको छ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, कर्णाली प्रदेश प्रमुख विजय पराजुली, नेपालगन्ज शाखा प्रबन्धक तिलकबहादुर केसी, भुरीगाउँ शाखा प्रबन्धक चक्रबहादुर भण्डारीका साथै जीवन बीमा अभिकर्ता र स्थानीय बासिन्दाको उपस्थिति थियो।
कम्पनीको कुल ४४ वटा शाखा र १०४ वटा उपशाखा सञ्चालनमा छन्।
चालु आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष करिब रु. २७ अर्ब ७५ करोड रहेको भने रु. १ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19