काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले बाल भविष्य प्लस (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु निष्ठा प्रधानाङ्ग, सजल मास्के, अच्यूतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ र कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईंले संयुक्त रुपमा यो योजना सार्वजनिक गरेका हुन्।
बीमा समितिले जारी गरेको जीवन बीमालेख निर्देशिका, २०७८ अन्तर्गतको प्रावधानलाई समेट्दै एशियन लाइफले नयाँ जीवन बीमा योजना ल्याएको हो। यस जीवन बीमा योजनामा बच्चा जन्मेदेखि १७ वर्ष उमेरसम्मको बालबालबालिका ५ देखि २५ वर्ष अवधिसम्मका लागि बीमा गर्न सकिन्छ। यसको न्यूनतम बीमांक रु. ५० हजारदेखि अधिकतम बीमांक प्रस्तावकको आर्थिक अवस्थाको आधारमा निर्धारण गर्न सकिने सुविधा रहेको छ।
बीमा अवधिभर बीमित जीवतै रहेमा बीमा अवधिको समाप्तिमा बीमांक र बोनश रकम एकमुष्ठ भुक्तानी गरिनेछ। जोखिम प्रारम्भ हुनुअगावै बीमितको मृत्यु भएमा बीमालेखको सर्तहरुको अधिनमा रही बीमकले प्राप्त गरेको अतिरिक्त बीमाशुल्कबाहेक सम्पूर्ण बीमाशुल्क फिर्ता दिइनेछ।
त्यसैगरी जोखिम प्रारम्भ हुनुअगावै प्रस्तावकको मृत्यु भएमा र बीमितको कानुनी संरक्षकले बीमालेख रद्द गर्न लिखित अनुरोध गरेमा बीमकले प्राप्त गरेको सम्पूर्ण बीमाशुल्क फिर्ता दिनेछ।
जोखिम प्रारम्भ भएपछि बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमालेखको सर्तहरुको अधीनमा रही बीमांकको २५ प्रतिशत रकम तत्काल भुक्तानी गरिनेछ। बीमांकको ७५ प्रतिशत रकम ब्याजसहित र मृत्यु हुँदासम्मको आर्जित बोनस एकमुष्ठ रकम बीमा अवधि समाप्ति भएपछि भुक्तानी दिइनेछ।
यस बीमा योजनामा अतिरिक्त बीमाशुल्कबापत बीमाशुल्क छुट सुविधा, मासिक आय सुविधा र अग्रिम जोखिम बहन सुविधासमेत रोज्न सकिनेछ। अग्रिम जोखिम बहन सुविधाअन्तर्गत ४ वर्षभन्दा मुनिका बालबालिकाको जोखिम बहन, बीमा प्रारम्भ मितिले न्यूनतम २ वर्षपश्चात सुरु गर्न सकिन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19