काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद बिक्रीका लागि एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

एशियन लाइफ इन्स्योरेन्सका सीइओ राजेशकुमार श्रेष्ठ र एनआइबिएलका जनरल म्यानेजर मेघबहादुर थापाले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । 

एशियन लाइफले २ बराबर १ को अनुपातमा कुल ४० लाख २७ हजार ९ सय ६६ कित्ता हकप्रद निश्कासन गर्दैछ । यो कम्पनीको २०७३ चैत १७ गते सम्पन्न आठौं र नवौं वार्षिक साधारणसभाले हाल कायम चुक्तापूँजीको ५० प्रतिशतको दरले हकप्रद बिक्रीको प्रस्ताव पारित गरेको थियो । 

यो कम्पनीको चुक्तापूँजी ८० करोड ५५ लाख रुपैयाँ छ । ५० प्रतिशत हकप्रद बिक्रीपछि चुक्तापूँजी वृद्धि भई १ अर्ब २० करोडको उचाईमा पुुग्नेछ । बिमा समितिको निर्देशन अनुसार जीवन बिमा कम्पनीले ०७५ को अन्तसम्म चुक्तापूँजी २ अर्ब पुर्याउनुपर्ने हुन्छ । यो कम्पनीले तेश्रो त्रैमाससम्म २ करोड ९६ लाख खूद नाफा कमाएको छ । थोरै नाफा कमाएकोले तोकिएको पूँजी पुर्याउन आगामी दिनमा थोरै बोनस र फेरि ठूलो मात्रामा हकप्रद नै बिक्री गर्ने देखिन्छ ।