काठमाण्डौ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै एशियन लाइफ इन्स्योरेन्सले आफ्ना सबै कर्मचारीहरुका लागि रु १ लाख बिमांकको कोरोना भाइरस बिमा गरिदिएको छ ।
यो बिमालेख प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमीटेडमार्फत जारी गरिएको कम्पनीले जनाएको छ ।
यस बिमालेखबाट कम्पनीमा कार्यरत कर्मचारीहरुलाई संभावित आर्थिक जोखिम बहन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
यो बिमालेख अन्तर्गत कम्पनीका कुनै पनि कर्मचारीलाई पीसीआर परीक्षणको क्रममा कोरोना पोजिटिभ देखिएको अवस्थामा बिमकले रु. १ लाख भुक्तानी गर्नेछ ।
बिषम परिस्थितिमा पनि सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्न खटिएका कर्मचारीहरुको मनोबल उच्च बनाउने उद्देश्यले यो काम भएको कम्पनीको भनाई छ ।
कम्पनीले यसअघि संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत कम्पनी, संचालक समिति र कर्मचारीहरुको तर्फबाट ७ वटै प्रदेश सरकारबाट स्थापित कोरोना रोकथाम तथा नियन्त्रण सहयोग कोषमा रु ५ लाखको दरले कुल ३५ लाख सहयोग गरिसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago