काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड बढी बिमा शुल्क आर्जन गरेको छ।

यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ८८ करोड लाखमा सीमित थियो । यो हिसाबले बिमा शुल्क आर्जनमा यो कम्पनीले ६५.५४ प्रतिशतको छलाङ मारेको देखिएको छ । 

समीक्षा अवधिमा यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय ४४ करोड ८२ लाख गरेको छ, अघिल्लो वर्ष यसतो आय ३४ करोड ९८ लाखमा सीमित थियो । 

यसैगरी, अघिल्लो वर्षको यही अवधिसम्म बीमालेखको धितोमा कर्जाबाट हुने आय २ करोड ४४ लाख रहेकोमा बढेर ६ करोड १८ लाख पुगेको छ भने अन्य प्रत्यक्ष आय १ करोडबाट बढेर १ करोड १२ लाख पुगेको छ । 

यो अवधिमा कम्पनीले २२ करोड ५८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म यस्तो भुक्तानी १४ करोड १२ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीले व्यवस्थापनतर्फ १० करोड ७५ लाख बढी खर्च गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो खर्च साढे ८ करोड भन्दा केही बढी मात्र थियो । 

समीक्षा अवधिमा एशियन लाइफले जीवन बीमा कोषको आकार बढएर २३ अर्ब ६ करोड पुर्याएको छ । अघिल्लो वर्ष यस्तो कोषको आकार १७ अर्ब ९४ करोडमा सीमित थियो । 

यस्तै, अघिल्लो वर्षको यही अवधिसम्म ४० करोड ५४ लाखमा सीमित जगेडा तथा कोषको आकार बढेर ६३ करोड १७ लाखको उचाईमा पुगेको छ । 
यसैगरी, महाविपत्ति जगेडाको आकार ४ करोड ३० लाखबाट  बढेर ७ करोड ६ लाख पुगेको छ । 

समीक्षा अवधिमा यो कम्पनीको खूद नाफा ९ करोड ४० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा ४ करोड २ लाख रुपैयाँमा सीमित थियो । 

समीक्षा अवधिकालागि यो कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १८.७१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ  १३४.९३ रुपैयाँ, पीई अनुपात ३८ गुणा कायम भएको छ ।