Ashwin Dani
काठमाण्डौ । नेपाली मिडियाहरुमा पनि बेला बेला विज्ञापन देखिने गर्छ एशियन पेन्ट्सको । धेरै नेपालीहरुको रोजाई पनि बनेको छ एशिया पेन्ट्सका प्रडक्टहरु ।
नेपाल मात्र नभई विश्वका १५ देशमा घर तथा अफिस रंग्याउने कामका लागि छनौट बन्ने गरेको एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने व्यक्ति भने अब यो संसारमा रहेनन् ।
एशियन पेन्ट्सका सहसंस्थापक तथा कार्यकारी निर्देशक अश्विन सूर्यकान्त दानीको ८१ वर्षको उमेरमा बिहीबार निधन भएको छ।
भारतीय अर्बपति व्यापारी सन् १९६८ देखि एशियन पेन्ट्ससँग आवद्ध थिए। उनी डिसेम्बर १९९८ देखि मार्च २००९ सम्म कम्पनीको उपाध्यक्ष र प्रबन्ध निर्देशक थिए।
भारतको स्टक एक्सचेन्जमा दिएको जानकारीमा कम्पनीले भनेको छ, ‘गहिरो दुखका साथ कम्पनीका कार्यकारी निर्देशक आश्विन दानी आज स्वर्गीय निधन भएको जानकारी गराउँदछौं । उहाँ बिरामी हुनुहुन्थ्यो।
आश्विन दानी सन् १९६८ देखि कम्पनीसँग आवद्ध छन् र कम्पनीलाई प्राविधिक उत्कृष्टतामा पुर्याउने बलियो शक्तिका रूपमा रहेका थिए ।
दानी सन् १९७० मा कम्पनीको बोर्डमा आएर सन् १९९८ देखि २००९ सम्म कम्पनीको उपाध्यक्ष र प्रबन्ध निर्देशकको पदमा रहे । २००९ देखि, उनी बोर्डको कार्यकारी निर्देशक र उपाध्यक्षको रूपमा रहे।
२०१८ र २०२१ को बीचमा, उनले बोर्ड र कम्पनीको अध्यक्ष पद समेत सम्हालेका थिए ।
अश्विन दानीका बुबा सूर्यकान्त दानीले एशियन पेन्ट्स सुरु गरेका थिए । सूर्यकान्त दानी, चम्पकलाल चोक्सी, चिमनलाल चोक्सी र अरविन्द वकीलसँग मिलेर मुम्बईको एउटा ग्यारेजमा कम्पनीको जग बसालेका थिए। यी चारजना गुजराती साथी थिए।
अश्विन दानीले वार्निस, पेन्ट र पिग्मेन्टको प्रविधिमा विशेषज्ञता हासिल गरेका थिए । उनी उच्च शिक्षाका लागि अमेरिका गएका थिए । यहाँ उनले अक्रोन विश्वविद्यालय, ओहायोबाट पोलिमर विज्ञानमा स्नातकोत्तर गरे।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19