काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर संरचना परिवर्तन भएको छ ।

नयाँ परिवर्तित संरचनाअनुसार कम्पनीमा संस्थापक समूहको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व ४९ प्रतिशत कायम भएको छ । 

नेपाल स्टक एक्सचेन्जमा कम्पनीको कुल ३ करोड १५ लाख ५३ हजार ५.१७ कित्ता सेयर रहेको छ । कुल सेयरमध्ये ५१ प्रतिशत अर्थात १ करोड ६० लाख ९२ हजार ०३३.१० कित्ता सेयर संस्थापक समूह र ४९ प्रतिशत अर्थात १ करोड ५४ लाख ६० हजार ९७२.०७ कित्ता सेयर सर्वसाधारण समूहको कायम भएको छ । 

नेप्सेको आज (पुस १६ गते) बसेको बैठकले कम्पनीको सेयर संरचना परिवर्तन गर्ने निर्णय गरेको हो ।