काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ। 

कम्पनीले सावधिक तथा आजीवन जीवन बीमालेख अन्तर्गत ० देखि १४ वर्ष अवधिका लागि ६१ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ६४ रुपैयाँ २५ वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ  निर्धारण गरेको छ। 

यस्तै बालबालिकाको सावधिक जीवन बीमालेख अन्तर्गत ० देखि १४ वर्ष अवधिका लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५३ रुपैयाँ र २५ वा सोभन्दा माथिका लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । 

कम्पनीले सावधिक बीमालेख अन्तर्गत ० देखि १४ वर्षका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ६५ रुपैयाँ  तोकेको छ। 

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १० वर्षे अवधिका लागि ५० रुपैयाँ, १२ वर्षेका लागि ५० रुपैयाँ, १५ वर्षेका लागि ६० रुपैयाँ, १८ वर्षेका लागि ६५ रुपैयाँ, २० वर्षेका लागि ७० रुपैयाँ र २५ वर्षे अवधिका लागि ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ। 

यसैगरी कम्पनीले सामूहिक सावधिक,नव रत्न जीवन  संजीवनी, दम्पति सुरक्षा प्लस,प्लस एशियन वार्षिक धनलाभ,बालउच्च शिक्षाण्ण्ण्,भविष्य निधि बीमालेख अन्तर्गत ० देखि १४ वर्ष अवधिका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ वा सोभन्दा माथिका लागि ५० रुपैयाँ  कायम गरेको छ। 

कम्पनीले उल्लेखित अवधिका लागि उपरोक्त बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने र कम्पनीको आगामी बीमांकिय मूल्यांकन नभएसम्मका लागि अन्तरिम बोनस दर उपरोक्त बोनस दर बमोजिम कायम गरिएको जनाएको छ।