काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “जन कल्याण”(म्यादी जीवन बिमा योजना) सार्वजनिक गरेको छ । 
 
जीवन बीमा सुविधाबाट लाभान्वित हुन चाहने न्यून आय भएका आम नागरिक समक्ष उनीहरुको आय स्तर सुहाउँदो जीवन बीमा योजनाको रुपमा नयाँ प्रडक्ट पुस ६ गतेदेखि सार्वजनिक गरिएको कम्पनीले प्रष्ट्याएको छ । 
 
यस योजनाले सर्वसाधारणमा न्यून बचतबाट पनि बीमा गरेर आफू र आफ्नो परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न सहयोग पुग्ने कम्पनीको दाबी छ । 
 
यो योजना अन्तर्गत १६ वर्षको बीमितले दैनिक रु. १ भन्दा पनि कम बचत गरेर अर्थात् वार्षिक रु. २२३।– भुक्तान गरी रु. १ लाख ५० हजारसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सक्ने एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले जनाएका छन् । 
 
यस योजनाका मुख्य विशेषताहरु
  • बिमाङ्क: रु. १,५०,०००।–
  • प्रवेश उमेर: न्यूनतम १६ वर्ष÷अधिकतम ६४ वर्षसम्म
  • अधिकतम बीमा समाप्ती उमेर: ६९ वर्ष
  • बिमा शुल्क भुक्तानी अवधी: नियमित बीमाशुल्क भुक्तानीमा ५ देखि १५ वर्ष तथा एकल बीमाशुल्क भुक्तानीमा १ देखि १५ वर्षसम्म ।
  • बीमाशुल्क भुक्तानी गर्ने तरिका: एकल/त्रैमासिक, अद्र्ध वार्षिक वा वार्षिक 
  • बीमा अवधीभित्र जुनसुकै कारणबाट बीमितको मृत्यु भएमा इच्छ्याएको व्यक्तिलाई क्षतिपूर्तीवापत रु १,५०,०००।– र दाह संस्कार खर्च वापत रु. १०,०००।– प्रदान गरिनेछ ।
  • दुर्घटनामा परी बीमित पूर्ण अशक्त वा अंगभंग भएमा तोकिएको रकम क्षतिपूर्ती स्वरुप प्रदान गरिनेछ ।
  • नियमित तथा एकल बीमाशुल्क भुक्तानीको विकल्प रोज्न सकिनेछ ।
  • ऐच्छिक सुविधा स्वरुप दोहोरो दुर्घटना लाभ ब्म्द्य को व्यवस्था रहेको छ ।
यसअघि एशियन लाईफ इन्स्योरेन्सले १६ वटा जीवन बिमा योजनाहरु प्रचलनमा ल्याएको छ । हाल यस कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखाहरुबाट जीवन बिमा सेवा प्रवाह गरिरहेको छ ।