काठमाण्डौ । एसिया प्यासेफिक क्षेत्रका मुुख्य पुँजीबजारमा सशक्त पुुनरागमन देखिएको छ ।
विश्वभर फैलिएको कोरोनाभाइरसको महामारीले विश्व अर्थतन्त्रलाई ठप्प पार्दा मार्च महिनामा यस क्षेत्रको पुँजीबजारमा ऐतिहासिक रुपमा देखिएको उथलपुुथल र अनिश्चितता पश्चात पहिलो पटक यस्तो उछाल देखिएको हो ।
केही क्षेत्रीय इण्डेक्सहरु जस्तै: दक्षिण कोरियाको कोप्सीमा बिहीबार बजार बन्द हँुुदा ४९.४५ प्रतिशतको वृद्धि देखिएको छ ।
त्यस्तै अष्ट्रेलियाको एस एण्ड पि÷एएसएक्स २०० मा ३६.१ प्रतिशत, चीनको सांघाई कम्पोजिटमा १०.२९ प्रतिशत, हङकङको हाङसेङ इन्डेक्समा १५.२७ प्रतिशत, भारतको निफ्टीमा ३३.५२ प्रतिशत, जापानको निक्की २२५ मा ३८.७४ प्रतिशत, ंिसगापूरको स्ट्रेस्ट टाइम्स इन्डेक्समा २२.५९ प्रतिशत, ताइवानको ताइएक्समा ३३.६७ प्रतिशत,र थाइल्याण्डको सेट कम्पोजिटमा ४५.६ प्रतिशतको उछाल देखिएको छ ।
यतिबेला विश्वभरका पूँजीबजारमा तीव्र सुधार आइरहेको छ । अमेरिकाकाको एसएण्ड पि ५०० मा ४२ प्रतिशत र युुरोपको स्टोक्स ६०० मा ३६.३७ प्रतिशतको वृद्धि देखिएको छ ।
विश्वभरका सरकारहरुले अर्थतन्त्रलाई पूर्नजिवित गर्नका लागि थालेका विभिन्न प्रयासहरुले विश्वका देशहरुका सेयर बजारले पुुनरागमन गरिरहेका छन् ।
गत बिहीबार युुरोपियन सेन्ट्रल बैंकले आफ्नो महामारी आपतकालीन खरीद कार्यक्रमलाई बढावा दिनका लागि ६०० बिलियन युुरो घोषणा गरेको थियो ।
यसै साताको सुुरुवाततिर दक्षिण कोरियाले २९ बिलियन डलरको पूरक बजेट ल्याएको थियो ।
अमेरीकी अर्थतन्त्रलाई ध्वस्त हुुनबाट जोगाउनका लागि अमेरीकाको फेडेरल रिजर्भले अभुुतपूर्व प्रयासहरु चालेको थियो ।
एसिया प्यासेफिक क्षेत्रका मुुख्य बजारमा उछाल देखिएता पनि ५२ साता अघिको उच्च विन्दुुमा पुुग्न अझै समय लाग्ने देखिएको छ । सिंगापुुरको स्ट्रेस्ट मार्केट त्यो पुुरानो विन्दुुबाट अझै २० प्रतिशत तल छ । त्यस्तै दक्षिण कोरियाको कोप्सी पनी ५० प्रतिशत तल छ ।
कोरोना महामारी फैलिएका विश्वका अधिकांश देशको सेयर बजार खुल्लै रहे पनि नेपालको भने बन्द छ । नेपालमा सरकारले ३२ जेठसम्म लकडाउन लम्ब्याएकोले सो समयसम्म बजार बन्दै अवस्थामा रहनेछ । त्यसपछि खुल्ने नेपालको सेयर बजारमा एशिया क्षेत्रमा देखिएको उछालको सकारात्मक प्रभाव पर्नसक्ने कतिपयको तर्क छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19