– रेखा चन्द
काठमाण्डौ । चालुु अर्थिक वर्ष सुुरु भएयता विभिन्न बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट १५ खर्ब रुपैयाँ बढी स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्।
हिजो बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरुले १५ खर्ब ४ अर्ब ९ करोड ७५ लाख रुपैयाँ एसएलएफ सुविधा लिएको राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जनाएको छ। हिजो बिहीबारमात्रै ३१ बैंक तथा वित्तीय संस्थाले ५२ अर्ब ७६ करोड १५ लाख रुपैयाँ एसएलएफ चलाएका छन्।
बैंकिङ प्रणालीमा तरलताको अभाव बढ्दै गएपछि बैंकहरुले राष्ट्र बैंकबाट सापटीमा रुपमा यो सुुविधाको प्रयोग गर्दछन्। बैंक तथा वित्तीय संस्थाले ८.५० प्रतिशत ब्याजदरमा स्थायी तरलता सुविधा लिँदै आएका छन्।
विभागका अनुुसार चालुु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै बैंक तथा वित्तीय संस्थाहरुले ८ खर्ब १४ अर्ब ७० करोड ५५ लाख रुपैयाँ सापटी लिएका थिए। यस्तै भदौ महिनाको २३ दिनमा ६ खर्ब ८९ अर्ब ३९ करोड २ लाख रुपैयाँबराबरको एसएलएफ लिएका हुन््।
बैंकिङ प्रणालीमा निक्षेप बढ्न नसकेपछि बैंकहरुले पछिल्लो समय एसएलएफ बढाउँदै लगेका छन्। राष्ट्र बैंकले एसएलएफमार्फत बढीमा एक हप्ताका लागिमात्र सापटी दिने गर्दछ। बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्रमा गरेको कुल लगानीको ९० प्रतिशतसम्म राष्ट्र बैंकबाट एसएलएफ सुविधा लिन पाउँछन्।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ २१ गते बैंकिङ प्रणालीमा एकैदिन ५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ। भदौ २० गते कुल निक्षेप ५० खर्ब ३५ अर्ब रुपैयाँ थियो।
भदौ २१ गते बैंकहरुको औसत सीडी रेसियो ८८.२१ प्रतिशतमा झरेको छ। भदौ २० गतेसम्म औसत सीडी रेसियो ८८.२५ प्रतिशत थियो।
केन्द्रीय बैंकका अनुुसार बैंक तथा वित्तीय संस्थाहरुको अनुरोधमा आकस्मिक तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago