Nepal SBI Bank
काठमाण्डौ । एसबीआई बैंकले आर्थिक वर्ष २०७४/७५ मा अधिकांश प्रमुख सूचकमा राम्रो प्रगति गरेको छ ।
यो बैंकले आफ्नो २५ औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा एक पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरी गत आर्थिक वर्ष बैंकले अधिकांश प्रमुख सूचकमा गरेको प्रगति तथा सुधारका विवरण प्रस्तुत गरेको हो ।
समीक्षा अवधिमा बैंकको बैंकको खुद ब्याज आम्दानी रु. २९९.७२ करोडमा ३८.३० प्रतिशतले बृद्धि भई यस बर्ष ४१४.५० करोडमा पुगेको छ । यस्तै, बैंकको संचालन मुनाफामा २४.४१ प्रतिशतको बढोत्तरी भई रु. २७६.१७ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७४ /५ मा बैंक मुनाफामा २९.३२ प्रतिशतको बृद्धि हासिल गरी मुनाफा रु.२०२.३५ करोड आर्जन गर्न सफल भएको छ । बैंकको कोषको लागत ५.४५ रहेको छ, जुन गत वर्ष ३.५४ थियो । यस्तै, बैंकको खर्च आम्दानी अनुपात ३५.६९ रहेको छ, जुन गत वर्ष पनि ३७.९४ थियो ।
यसैगरी, बैंकले अन्य आम्दानी गत वर्षको रु. १०९.५८ करोडमा १२.०७ को प्रगति हासिल गरेको छ । बैंकको औसत सम्पत्तिमा प्रतिफल १.५७ प्रतिशतबाट बृद्धि हासिल गरी १.९७ प्रतिशत कायम भएको छ ।
कर्जा निक्षेप अनुपात (नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम) ७४.३८ रहेको छ भने बैंकको पू्ँजी पर्याप्तता अनुपात नियामक निकायले तोकेको न्यूनतम ११ को तुलनामा १५.१५ प्रतिशत रहेको छ । बैंकले आफ्नो सम्पत्तिको गुणस्तरमा उल्लेख्य सुधार गर्दै खूद निस्क्रिय कर्जा ०.२० प्रतिशत कायम गर्ने सफलता पाएको छ ।
बैंकले यस वर्ष १,२३,५८४ नयाँ बचत खाता खोल्न सफल भएको बताइएको छ । दर्ता भएका निक्षेप खाताहरुको संख्या अघिल्लो वर्षको तुलनामा १५.३९ प्रतिशतले वृद्धि भई ८.३२ लाख पुगेको हो । इन्टरनेट बैंकिङ्ग सेवाग्राहीहरुको संख्यामा १६.६३ प्रतिशतले वृद्धि भई ६६ हजार पुगेको छ भने २०७५ आषढ मासान्तसम्ममा ६.७१ लाख कार्ड जारी गरेको छ र कार्ड प्रयोग गर्ने ग्राहकहरुको संख्या ८३ प्रतिशत रहेको छ ।
साना तथा मझौला (एसएमई) व्यवसाय तर्फ बैंकले रु. २४०.८४ करोड कर्जा लगानी गरेको छ भने आर्थिक वर्ष २०७४/७५ को अन्त सम्ममा रु. ८,४२२.७३ करोड कुल निक्षेप संकलन गरी रु. ७,५२३.५९ करोड कर्जा प्रवाह गरेको थियो ।
विगतका २५ वर्षमा क्रमिक एवं दिगो रुपमा हासिल प्रगतिकै फलस्वरुप बैंकिङ्ग उद्योगमा हाल यो स्थान हासिल गर्न बैंक सफल बनेको एजीएमको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा दाबी गरिएको छ ।
बैंकले आगामी दिनमा व्यवसायका नवीनतम क्षेत्रहरुको पहिचान गरी ग्राहक आधारमा विस्तार गर्दै आफ्ना उत्पादन तथा सेवाको प्रभावकारी वितरणका लागि वितरण प्रणालीमा सुधार गर्ने क्रमलाई जारी राख्ने र आफ्ना कर्मचारीहरुको दक्षता अभिबृद्धि गरी अझ उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै जाने प्रण व्यक्त गरेको छ ।
बैंकको संचालक समितिको बैठकले शेयरधनीहरुलाई गत वर्षको मुनाफा तथा विगत वर्षहरुमा आर्जित मुनाफाबाट १५.७९ प्रतिशतका दरले लाभांश (५ प्रतिशतका दरले वोनश शेयर र १०.७९ प्रतिशतका दरले नगद लाभांश, बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) वितरण गर्ने प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने कार्यक्रम रहेको छ ।
बैंकको साधारणसभा आगामी पुस ३० गते काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आह्वान गरिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago