नयाँदिल्ली । स्टेट बैंक अफ इण्डिया अर्थात् एसबीआईले सम्भावित डिफल्टरहरुलाई धमाधम चकलेट पठाउन थालेको छ । यो खबर भारतको हो । 

लामो समयदेखि इएमआई नतिरेका र बैंकले पटक पटक फोन गर्दा समेत रेसपोन्स नगर्ने ऋणिहरुलाई बैंकले चकलेट पठाउन थालेको हो। 

यसमा एसबीआईले विशेष गरी खुद्रा ग्राहकहरूलाई ध्यानमा राखेको छ।

धेरै ग्राहकहरूले बैंकबाट भुक्तानीको सम्झना गराउँदै आएको कलको जवाफ नदिने बैंकले जनाएको छ । तसर्थ, उनीहरूलाई जानकारी नगरी उनीहरूको घरमा जानु राम्रो विकल्प हो। 

कर्जा असुलीलाई अझ राम्रो बनाउने उद्देश्यले बैंकले यस्तो कदम चालेको हो ।

एसबीआई बैंकको जोखिम, अनुपालन विभागकी प्रबन्ध निर्देशक अश्विनीकुमार तिवारीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरी दुई फिनटेक कम्पनीहरूसँग साझेदारी गरेर ऋणीहरूलाई उनीहरूको जिम्मेवारीहरू सम्झाउने नयाँ शैली अपनाएको बताए । 

तर, उनले दुवै फिनटेक कम्पनीको नाम भने खुलाउन अस्वीकार गरे । १५ दिनअघि मात्रै यो नीति कार्यान्वयनमा आएको उनले बताए । 'यदि सफल भयो भने, हामी औपचारिक रूपमा घोषणा गर्नेछौं।'-उनले भने। 

वित्त वर्ष २०२४ को पहिलो त्रैमास(अप्रिल जून)मा एसबीआईको खुद्रा ऋण १६.४६ प्रतिशतले बढेर भारु. १२, ०४, २७९ करोड पुगेको छ । यो एक वर्षअघि १०, ३४, १११ करोड थियो । 

बैंकले अगस्ट ४ का दिन जारी वित्त वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको थियो । जसमा १६, ८८४ करोड खूद नाफा कमाएको बताइएको छ । यो भनेको वार्षिक आधारमा १७८.२४ प्रतिशतको ग्रोथ हो । बैंकले गत वर्षको सोही अवधिमा ६०६८ करोड मात्र नाफा कमाएको थियो । 

-Agency