काठमाण्डौ । भारतमा बैंक घोटालाको यो एउटा ठूलो सार्वजनिक भएको छ।

भारतीय न्युुज एजेन्सी पीटीआईका अनुुसार राम देव इन्टरनेसनलका तीनजना प्रोमोटरहरुले भारतको एसबीआई बैंकसहित अन्य ६ बैंकको ४११ करोड भारतीय रुपैयाँ घाटाला गरी फरार भएका हुन्। खबरका अनुुसार यतिबेला उनीहरु भारत छोडेर विदेश गइसकेका छन्। 

रामदेव इन्टरनेसनल कम्पनी पश्चिम एसियाली देशहरु र युुरोपेली देशहरुमा बासमती चामल निर्यात गर्ने गर्दथ्यो। 

यस विषयमा एसबीआई बैंकले हालैमात्रै जानकारी दिएको हो। एसबीआईले उक्त कम्पनीविरुद्ध मुुद्दा दर्ता गर्नुुपूर्व नै यसका प्रमोटरहरु विदेश फरार भइसकेका थिए। 

एसबीआईले हालैमात्रै राम देव इन्टरनेसनल र कम्पनीका निर्देशकहरु नरेश कुुमार, सुुरेश कुुमार र संगिताविरुद्ध ठगी मुुद्दा दर्ता गरेको थियो। एसबीआईले यी व्यक्तिहरुले बैंकको १७३ करोड भारतिय रुपैयाँ चुुना लगाएको जनाएको छ। 

उक्त कम्पनीले व्यापारका लागि साउदी अरब र दुुबईमा समेत कार्यालय खोलेको छ। एसबीआईले अलावा कम्पनीले केनरा बैंक, युुनियन बैंक अफ इन्डिया, आईडीबीआई, सेन्ट्रल बैंक अफ इन्डिया, बैंक अफ इन्डिया र कर्पाेरेसन बैंकको पैसा पनि अपचलन गरेको छ। 

अधिकारीहरुका अनुुसार कोरोनाभाइरसका कारण जारी लकडाउनका कारण यो घटनाको मुुद्दालाई अगाडि बढाइएको छैन। अनुसन्धान अधिकारीहरुले यो घटनाको जाँच प्रक्रिया छिट््टै सुुरु गर्ने बताएका छन्। – एजेन्सी