काठमाण्डौ । नेपाल एसबीआई बैंकको फ्री प्रफिट घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा बैंकले ८९ करोड ४ लाख वितरणयोग्य मुनाफा(फ्री प्रफिट) आर्जन गरेको हो । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा २.४८ प्रतिशतले कम हो । 

बैंकको फ्री प्रफिट घटे पनि खूद नाफामा भने १२.०२ प्रतिशतको प्रगति भएको छ । अघिल्लो वर्ष ९१ करोड ३० लाखमा सीमित खूद नाफा बढेर यो वर्ष १ अर्ब २ करोडको उचाईमा पुगेको छ । यो बैंकले दोश्रो त्रैमासिक अवधिमा पहिलोपटक अर्ब माथि खूद नाफा आर्जन गरेको हो । 

बैंकले १ अर्ब ३० करोडमा सीमित संचालन नाफालाई बढाएर १ अर्ब ४२ करोडको उचाईमा पुर्याएको छ । 

बैंकको खूद ब्याज आम्दानीमा सामान्य प्रगति भएको छ । अघिल्लो वर्ष १ अर्ब ८८ करोडमा सीमित यस्तो आम्दानी बढेर २ अर्ब १८ करोडको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंकले ९७ अर्ब ८३ करोड निक्षेप संकलन गरी ९० अर्ब ९२ करोड कर्जा परिचालन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा निक्षेपतर्फ १४.८७ प्रतिशत र २७.४५ प्रतिशतको प्रगति हो ।

बैंकले ३ अर्ब ६९ करोडमा सीमित रिजर्बकोषलाई बढाएर ४ अर्ब ४७ करोड पुर्याएको छ भने खराब कर्जालाई पनि नियन्त्रण गर्न नसकेको देखिएको छ । अघिल्लो वर्ष ०.१३ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर यो वर्ष ०.१९ प्रतिशत पुगेको हो । 

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २४.२१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५२.९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.०७ गुणा कायम भएको छ ।