काठमाण्डौ । नेपाल एसबीआई बैंकको संचालक समितिको अध्यक्षको रुपमा बिआरएस सत्यनारायण चयन भएका छन् । 

असार १९ गते बसेको ४३८ औं बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक नारायणलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । 

 अध्यक्ष बि.आर.एस. सत्यनारायण, एस.बि.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एस.बि.आई.का एशिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङ्गसँग सम्बन्धित मामिला हेर्छन् ।

नवनियुक्त अध्यक्षलाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा बिहीबार आयोजित एक समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराएका छन् । 

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक नरेन्द्रसिंह विष्ट, का.मु. निर्देशकहरु वीरेन्द्र दत्त अवस्थी तथा नेपाल एसबिआई बैंकका निर्वतमान अध्यक्ष तथा एस.बि.आई. भारतका नायव प्रबन्ध संचालक सुजितकुमार बर्मा, बैंकका संचालकहरु आर.एस. रमेश, बाल कृष्ण श्रेष्ठ, अर्जुनकुमार गौतम, केशवराज आचार्य, एवं बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भट्नागर, नायब सिईओ तथा प्रमुख संचालन अधिकृत शुभकान्त कानूनगो, प्रमुख वित्तीय अधिकृत प्रिय रंजन, प्रमुख कर्जा अधिकृत देवराज अधिकारी तथा बैंकका कम्पनी सचिव भीष्म न्यौपाने लगायतको उपस्थिति थियो।