काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा बीआरएस सत्यनारायण नियुक्त भएका छन् ।
सञ्चालक समितिको बिहीबार सम्पन्न ४३८ औँ बैठकले स्टेट बैंक अफ इन्डियालाई प्रतिनिधित्व गर्दै आएका सञ्चालक सत्यनारायणलाई अध्यक्षमा सर्वसम्मत नियुक्त गरेको हो । सत्यनारायणलाई बिहीबारै बालुवाटरस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा डेपुटी गर्भनर शिवराज श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
यसअघि सत्यनारायण एसबीआई बैंकको एसिया, अफ्रिा र अस्ट्रेलिया सञ्जाल हर्ने गरी भारतको मुम्बाईमा रहेको यस बैंकको अन्तर्राष्ट्रिय बैंकिङ समूहको मुख्य महाप्रबन्धक थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago