काठमाण्डौ । नेपाल एसबीआई बैंकले पनि ऋणपत्र निश्कासन गर्ने भएको छ ।
नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट वाणिज्य बैंकहरुलाई ऋणपत्र निश्कासनको अनिवार्य व्यवस्था गरेसँगै यो बैंकले समेत ऋणपत्र निश्कासनको गृहकार्य थालेको हो ।
यो बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाएको छ ।
दश वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेका लागि वार्षिक १० प्रतिशतको दरले ब्याज अफर गरिएको छ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने बैंकले जनाएको छ ।
यो बैंकले निश्कासनको प्रक्रिया सुरु गरेको '१०% नेपाल एसबीआई बैंक डिवेञ्चर-२०८६' लाई क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले उच्च मात्रामा सुरक्षितको मानक मानिने 'इक्रा एनपी एल एए'को रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ पाउने कम्पनीको ऋणपत्रमा लगानी गर्नु जोखिमपूर्ण मानिँदैन ।
यसअघि यो बैंकले '७.९% एनएसबिएल डिवेञ्चर-२०८०' समेत निश्कासन गरेको थियो । इक्रा नेपालले यो ऋणपत्रको रेटिङ समेत संसोधन गरी 'इक्रा एनपी एलएए'कै दर्जा दिएको छ । सो ऋणपत्र २ अर्बको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago