काठमाण्डौ । नेपाल एसबीआई बैंकले आगामी माघ २८ गतेदेखि ऋणपत्र निश्कासन गर्ने भएको छ । 

बैंकले '१०% नेपाल एसबीआई बैंक ऋणपत्र-२०८६' निश्कासन गर्ने भएको हो । 

प्रतिकित्ता १००० दरका ऋणपत्रमा  छिटोमा फागुन २ गतेसम्म र ढिलोमा फागुन २८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

१० वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको दरले ब्याज पाउनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । 

नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट वाणिज्य बैंकहरुलाई ऋणपत्र निश्कासनको अनिवार्य व्यवस्था गरेसँगै यो बैंकले समेत ऋणपत्र निश्कासन गर्न लागेको हो । 

यो बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्नेछ । 

यो बैंकले निश्कासन गर्न लागेको ऋणपत्रलाई क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले उच्च मात्रामा सुरक्षितको मानक मानिने ुइक्रा एनपी एल एएुको रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ पाउने कम्पनीको ऋणपत्रमा लगानी गर्नु जोखिमपूर्ण मानिँदैन । 

यसअघि यो बैंकले '७.९% एनएसबिएल डिवेञ्चर-२०८०' समेत निश्कासन गरेको थियो । इक्रा नेपालले यो ऋणपत्रको रेटिङ समेत संसोधन गरी 'इक्रा एनपी एलएए'कै दर्जा दिएको छ । सो ऋणपत्र २ अर्बको थियो ।