काठमाण्डौ । मौद्रिक नीतिमार्फत सेवाशुल्कमा राष्ट्रबैंकले भारी कटौति गरिदिएसँगै बैंकको प्रमुख आम्दानी घटेकोमा नेपालका बैंकरहरुले चित्त दुखाइरहेका छन् । तर, छिमेकी भारतमा भने त्यहाँको सबैभन्दा ठूलो बैंकले लोन प्रोसेसिंग फि सतप्रतिशत नलिने घोषणा गरेको छ ।
भारतको सबैभन्दा ठूलो बैंक एसबीआईले होम लोन, कार, गोल्ड तथा पर्सनल लोनमा कुनै पनि प्रकारको प्रोसेसिंग फि नलिने घोषणा गरेको छ ।
इकोनोमिक टाइम्सका अनुसार यस्तो सुविधा पाउनका लागि ग्राहकहरुले बैंकको एप योनोबाट लोन अप्लाई गर्नुपर्नेछ । योसँगै चाँडपर्वको अवसर पारेर सो बैंकले अन्य थुप्रै अफरहरु समेत सार्वजनिक गरेको समाचारमा उल्लेख गरिएको छ ।
बैंकले होम लोनमा विशेष सुविधा उपलब्ध गराइएको घोषणा गरेको छ । बैंकबाट लोन लिएर निर्माण सम्पन्न भइसकेको घरहरुको हकमा समेत सेवाशुल्क सतप्रतिशत छुट दिइनेछ ।
यस्तै, निर्माण सम्पन्न भइसकेका घर तथा अपार्टमेन्ट खरीदका लागि यदि कसैले होम लोनका लागि अप्लाई गर्छ भने त्यस्ता ग्राहकले पनि बैंकलाई कुनै पनि सेवाशुल्क बुझाउनुपर्ने छैन ।
जसको क्रेडिट स्कोर राम्रो छ, त्यस्ता ग्राहकहरुका लागि ब्याजदरमा ०.१० प्रतिशत छुटको छुट्टै व्यवस्था समेत गरिएको छ ।
बैंकले गोल्ड लोन, कार लोनमा पनि विशेष सुविधाहरु घोषणा गरेको छ । गोल्ड लोन र कार लोन ७.५ प्रतिशत ब्याजदरमै उपलब्ध गराइने घोषणा गरिएको समाचारमा उल्लेख छ ।
पर्सनल लोन ९.६ प्रतिशत दरमै उपलब्ध गराइने घोषणा भएको छ । यस्तो लोन भारतमा १५ प्रतिशत ब्याजदरमा मात्र पाइने गरिएको समाचारमा उल्लेख छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago