काठमाण्डौ । नेपाल एसबीआई बैंकले २१ वर्षअघिदेखि घोषणा गरेको लाभांश समेत लगानीकर्ताले नलगेको देखिएको छ । 

यो बैंकले घोषणा गरेको आर्थिक वर्ष २०५२/५३ देखिको लाभांश लगानीकर्ताले नलगेका पाइएको हो । 

त्यसपछका १२ वटा आर्थिक वर्षको गरी कुल ७९ लाख २४ हजार ५ सय ९१ रुपैयाँ ३६ पैसा लाभांश अझै लगानीकर्ताले लगेका छैनन् । सबैभन्दा बढी आर्थिक वर्ष २०६९/७० मा घोषित लाभांशमध्ये २२ लाख ७१ हजार ९ सय २२ रुपैयाँ कसैले नलगेपछि बैंकमै थन्किएर बसेको छ । यस्तै, आर्थिक वर्ष २०६८/६९ को पनि ११ लाख ६४ हजार लाभांश कसैले लगेको छैन । 

बैंकले एक सूचना प्रकाशित गरी ३० दिनभित्रमा लाभांश संकलन गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । 

बैंकले प्रकाशित गरेको सूचना यस्तो छः