काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्सको प्रदेशस्तरीय अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम ‘बिजनेस एक्सिलेन्स अवार्ड २०८०’ आयोजना गरेको छ। कार्यक्रम शनिबार झापाको बिर्तामोडमा भएको हो।
दुई दिनसम्म सञ्चालित कार्यक्रमको पहिलो दिन अभिकर्ता प्रशिक्षण र दोस्रो दिन अभिकर्ता सम्मान कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमको मुख्य आकर्षणका रुपमा रहेको प्रदेशस्तरीय अभिकर्ता सम्मान कार्यक्रममा कोशी प्रदेशबाट उत्कृट भएका अभिकर्ता उमानन्द राजवंशी(बिर्तामोड) धनमाया कोइराला(इटहरी), बिबि थामसुहाङ(इलाम) र क्लब मेम्बरतर्फ रेखा खड्का(दमक), बिमल गुरुङ(दमक) र उमानन्द राजवंशी(बिर्तामोड)लाई विशेष सम्मान गरिएको थियो।
यसैगरी प्रदेशभरबाट नयाँ व्यवसाय प्रवर्द्धनमा योगदान पुर्याएका विभिन्न शाखा तथा उपशाखाका अभिकर्तालाई समेत प्रशंसापत्र र एडभाइजर ब्याज वितरण गरिएको थियो।
कार्यक्रममा कोशी प्रदेशका २०० जनाभन्दा बढी अभिकर्ताको सहभागिता थियो।
कार्यक्रमको पहिलो दिन अभिकर्तालाई न्युरो लिंग्विस्टिक ट्रेनर मीन घलेले बीमा बिक्री कला र वित्तीय सल्लाहकारको भूमिका सम्बन्धमा प्रशिक्षण दिएका थिए।
कार्यक्रममा प्रमुख अतिथि तथा कम्पनीको सञ्चालक समिति अध्यक्ष दीपककुमार श्रेष्ठले एक–अर्काको पूरकका रुपमा कार्यरत अभिकर्ता र कम्पनी व्यवस्थापनको सहकार्यबाट व्यावसायिक सफलता सुनिश्चित गर्न सम्भव भएको भन्दै अभिकर्तालाई शुभकामना दिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले अभिकर्तालाई व्यवसाय प्रवर्द्धनमा हरसम्भव सहयोग गर्न व्यवस्थापन र सञ्चालक समिति दुवै सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझै व्यावसायिक रुपमा काम गर्न अभिकर्तालाई शुभकामना दिए।
कार्यक्रममा कम्पनीको डेप्युटी मार्केटिङ हेड विजय पराजुलीले अभिकर्ता सञ्जाल र कमिसन तथा प्रोत्साहन प्रणालीका विषयमा जानकारी दिएका थिए। साथै सम्मान कार्यक्रममा कोशी प्रदेश प्रमुख रितु प्रधान, शाखा उपशाखा प्रमुख, पेसागत अभिकर्ता संघका केन्द्रीय सदस्य उमानन्द राजवंशी र बीमक समितिका विष्णुकुमार कार्कीलगायतको समेत उपस्थिति थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19