काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणले फलफूल खेतीको बीमाअन्तर्गत ‘ओखर खेती बीमालेख’ जारी गरेको छ ।

कृषि बीमामा किसान तथा व्यापारीहरुको आकर्षण बढेपछि प्राधिकरणले फलफूलको समेत बीमा हुने गरी उक्त बीमालेख जारी गरेको हो । 
 

प्राधिकरणले यसअघि फलफूल बीमाअन्तर्गत किवी, केरा, ड्रागन फ्रुट, सुन्तला तथा जुनार जस्ता फलफूलको बीमालेख जारी गरिसकेको छ ।

किसान तथा व्यवसायीलाई राहत हुनेगरी प्राधिकरणले फलफूलबीमा अन्तर्गत आँप र ओखर बीमालेख एकैपटक जारी गरेको हो ।
 

कृषि बीमामा किसानहरुको आकर्षण बढेपछि आँप र ओखरको पनि बीमालेख जारी गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । साथै यस बीमा लेखमार्फत ओखर खेतीगर्ने किसानहरुलाई सहुलियत मिल्ने उनको भनाइ छ । 
 

प्राधिकरणको निर्देशन अनुसार बीमा कम्पनीहरुले पुष १६ गतेदेखि नै ओखर बीमा बिक्रीगर्न सक्नेछन् । ओखर खेती बीमामा आफ्नो फसलको विभिन्न कारणबाट क्षति भएमा बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्नेछ । 
ओखर खेती बीमाको रक्षावरण 
ओखर खेतीबीमा गर्दा विभिन्न कारणबाट क्षति भएमा बीमा कम्पनीले क्षतिपूर्ति व्यहोर्नेछ ।

ओखर खेतीगर्दा अग्निजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, भूमिजन्य क्षति, चट्याङजन्य क्षति, रोग तथा किराजन्य क्षति,आकस्मिक तथा दुर्घटनाजन्य वा बाह्यकारणहरुबाट हुने क्षतिको क्षतिपूर्ति प्रदान गरिन्छ । 
 

यसका साथै यस बीमालेखमा बीमित स्वयंको पनि दुर्घटना बीमा सुविधा रहेको छ । बीमाअवधिभित्र बीमितको विभिन्न अवस्था सृजना भई अंगभंग भएमा दुर्घटना बीमाको सुविधा प्राप्त हुनेछ । 
 

बीमितको कारणबस केही दुर्घटनाबाट मृत्यु भएमा, स्पााइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी मेरुदण्डको हड्डी काम नलाग्ने भएमा, एक वा दुबै हातको नाडीदेखि माथि पुरै हात र दुबै खुट्टाको गोलीगाँठो देखि माथि पुरै खुट्टाकामनलाग्ने भएमावादुबै आँखाको दृष्टि गुमेमा दुर्घटना बीमाबापत बीमा कम्पनीले २ लाख रुपैयाँ बीमितलाई भुक्तानी गर्नुपर्नेछ ।
बीमाङ्क र बीमाशुल्क सम्बन्धी व्यवस्था के छ ?
यस बीमालेख अन्तर्गत ओखर खेतीको बीमालागत र उत्पादनको आधारमागर्न सकिनेछ । बिजु विरुवाको हकमा ओखर खेतीको सात वर्षसम्म लागतको आधारमा मात्र र त्यसपछि उत्पादन (फल) वा लागत (बोट) वा दुबैको आधारमा बीमा गर्न सकिनेछ । 

 

कलमी विरुवाको हकमा ओखर खेतीको ३ वर्षसम्म लागतको आधारमामात्र र त्यसपछि उत्पादन (फल) वालागत (बोट) वादुबैको आधारमा बीमा गर्न सकिनेछ । 
ओखर खेतीको बीमाङ्क निर्धारणका लागि अनुसूची–४ मा भएको तालिकालाई आधार मान्नुपर्नेछ । 


बीमांक निर्धारण तालिका

साथै ओखर खेतीबीमालेख बमोजिम गरिने ओखर खेतीको बीमाशुल्क गणना गर्दा लागतको आधारमा ५ प्रतिशत र उत्पादनको आधारमा ७ प्रतिशत बीमाशुल्क लाग्नेछ । साथै यस बीमालेखमा उल्लेख भएको दुर्घटना बीमाबापत बीमाशुल्क प्रतिबीमित ५००रुपैयाँ लाग्नेछ । 
बीमा कम्पनीले कसरी गर्छ दाबी भुक्तानी ?
यस बीमालेख अन्तर्गत बीमा कम्पनीले लागत र उत्पादनको आधारमा गरिएको ओखर खेती बीमाको दाबीलागत र उत्पादनकै आधारमा गर्नेछ ।

उत्पादन (फल) र लागत (बोट) दुबैको आधारमा गरिएको ओखर खेतीमा बीमा दाबी परेमा सोहि बमोजिम नै गर्नुपर्ने प्राधिकरणले बताएको छ । 
 

तर एक सिजनको फल टिपिसकेपछि पुनःअर्को सिजनमा फल लाग्न चाहिने अवधिभित्र बोटमा कुनै क्षति भएमा लागतको आधारमा मात्रै दाबी गर्न सकिने छ। बीमा कम्पनीले ओखर खेतीको दाबीभुक्तानी अनुसूची–८ बमोजिम गर्नुपर्ने छ ।