काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ५, मानेभञ्ज्याङ्गमा आफ्नो ८० औं शाखा बिस्तार गरेको छ ।
२०७५ बैशाख २८ गते शुक्रबार मानेभञ्ज्याङ्ग गाउँपालिका अध्यक्ष मोतीराज राईले उक्त शाखा कार्यालयको समुद्घाटन गरे ।
शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि राईले नेपाली समाज सुहाउँदो बित्तीय सेवाहरु प्रदान गर्दै आएको बैंक मानेभञ्ज्याङ्गमा आउनु भनेको स्थानीय जनताका लागि निकै खुसीको विषय भएको बताए ।
यस विकास बैंकको लघुवित्त सेवासहित यस क्षेत्रमा आउँदा बैंकको नारा “जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ” भन्ने मर्मलाई प्रमाणित गरेको बताए ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको उद्देश्य माथि प्रकाश पार्दै बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए ।
सो क्रममा उनले मुक्तिनाथ विकास बैंक ग्राहकहरुको आवश्यकता र चाहना अनुरुपको वित्तीय सेवा प्रदान गर्न ग्राहकहरुलाई सहज पुर्याउन घरदैलोमै सेवा प्रदान गरिरहेको बताए । कृषिमा व्यवसायिक सुधार गर्दै ग्रामीण भेगका जनताको आर्थिक तथा समाजिक स्तर उकास्न बैंक हरपल तत्पर रहेको बताए । साथै मानेभञ्ज्याङ्ग क्षेत्रमा स–साना बचतकर्ता तथा उद्यमीलाई आर्थिक उन्नतिमा सहयोग गर्न बैंक तत्पर रहेकोले सहकार्य गर्न स्थानीयको पनि सहयोग रहेको बताए ।
आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी रु. २ अर्ब ५९ करोड, कुल निक्षेप रु. २४ अर्ब ५५ करोड कुल लगानी रु. २१ अर्ब ९९ करोड गर्दै संचालन मुनाफामा रु. ४२ करोड ७५ लाख खुद नाफा गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago