नयाँदिल्ली । अर्गजनाइजेसन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज (ओपेक) हालै भियनामा बसेको बैठकले तेल उत्पादनमा कटौती गर्ने फैसला गरेको छ । 

बैठकको फैसलालाई इरानले पनि स्वागत गरेको छ । इरानले ओपेको फैसलालाई कार्यान्वयन गर्ने जनाएको छ । साथै इरानले तेल उत्पादन कटौतीको समय ६ देखि ९ महिनासम्म रहने जनाएको छ । 

इरानको निर्णयअनुसार अब सन् २०२० को मार्चसम्म इरानले तेल उत्पादनमा कटौती गर्ने छ । 

इरानको यो कदम अमेरिकालाई चुनौतीपूर्ण हुन सक्छ । अब अमेरिका ओपेको तेल कटौती निर्णय रोक्न कुन कदम चाल्न भन्ने कुरा हेर्न बाँकी नै छ । 

ओपेकमा संलग्न राष्ट्रहरुले दैनिक १२ लाख ब्यारेल तेल कटौती गर्नुपर्नेछ । उनीहरुको भनाइ छ कि तेल उत्पादनका लागि आवश्यक कच्चापदार्थको मूल्य स्थिर राख्न यस्तो निर्णय लिनुपरेको हो । 

उता अमेरिकाले भने ओपेकमा संलग्न राष्ट्र साउदी अरबलाई लगातार तेल उत्पादन कटौती नगर्न दबाब दिइरहेको छ । अमेरिकाको भनाइ छ कि तेल उत्पादन कटौती गरेमा अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको मूल्यमा फेरबदल हुन सक्छ । 

तर अमेरिकाको यो मागलाई रुस, साउदी अबरलगायतका देशले अस्वीकार गरेका छन्। – एजेन्जी