काठमाण्डौ । विश्वको शक्तिशाली मुलुक अमेरिकाका लागि सन् २००९ ऐतिहासिक बनेको थियो । यो वर्ष अमेरिकाले कालो जाति(अश्वेत) राष्ट्रपतिको रुपमा बाराक ओबामालाई प्राप्त गरेको थियो । जब गरीबी र अभावमा हुर्किएका ओबामा शक्तिशाली राष्ट्रको कार्यकारी पदमा पुुगे, तब उनले पाउने तलब तथा सेवासुविधाको बिषय समेत विश्वभरका मिडियाका लागि समाचार सामाग्री बने । हाल ओबामा ८ वर्ष(दुुई कार्यकाल) राष्ट्रपति पद सम्हालेपछि रिटायर्ड लाइफ बिताइरहेका छन् । तर, रिटायर्ड हुँदा समेत उनले अमेरिकी सरकारबाट नेपालका राष्ट्रपतिले पाउने तलब भन्दा १२ गुणा बढी पेन्सन पाइरहेका छ्न । राम्रो पेन्सन आएकै कारण उनी हाल विश्वका विभिन्न मुलुकमा परिवारको साथमा मस्तीको जीवन बिताइरहेका छन् । 

नेपालका राष्ट्रपतिको तलब कति छ ?
नेपालका राष्ट्रपतिको तलब मासिक १ लाख ५० हजार ४ सय ५० रुपैयाँ रहेको छ । यसरी हिसाब गर्दा नेपालका राष्ट्रपतिले वार्षिक तलब १८ लाखको हाराहारीमा बुुझ्ने गरेकी छिन् । तर, ओबामाले भने अमेरिकी सरकारबाट वार्षिक पेन्सन २ करोड १७ लाख रुपैयाँ बुुझ्ने गरेका छन् । नेपालका राष्ट्रपतिको तलबसँग ओबामाको पेन्सन रकमको तुलना गर्ने हो भने यो १२ गुणा बढी हुन आउँछ । 

ट्रान्जिसन फण्ड पनि 
रिटायरमेन्टपछि बाराक ओबामालाई ट्रान्जिसन फण्ड समेत प्राप्त भएको छ । यो फण्डको रुपमा निकै ठूलो रकम उनको कार्यकाल सकिएको ७ महिनासम्म निरन्तर आइरहनेछ । यसमा अफिस स्पेस, स्टाफ कम्पेनसेसन, कम्युनिकेसन सर्भिस, प्रिन्टिङ जस्ता खर्चहरु सामेल हुन्छन् । यसबाहेक कर्मचारी राख्नका लागि समेत अलग्गै बजेट प्राप्त हुन्छ । 

अमेरिकी राष्ट्रपतिको तलब चाहि वार्षिक ४ करोड १६ रुपैयाँ बराबर रहेको छ । 

ओबामा मस्तीमा

अमेरिकाका पूर्व राष्ट्रपति ओबामा रिटायर्डपछि आफ्नो परिवारको साथमा क्वालिटी लाइफ(मस्तीको जीवन) बिताइरहेका अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । केही दिनअघि उनी आफ्नो परिवारको साथमा इण्डोनेशियाको बालीमा देखा परेका थिए । अमेरिकी मिडियामा ओबामाले आफ्ना परिवारको साथमा र्याफ्टिङ र सपिङ गर्दै गरेको फोटोहरु छापिएका छन् । यसबाहेक ओबामा गल्फ खेलमा मस्त हुँदै गरेका फोटोहरु पनि भाइरल भएका छन् ।