काठमाण्डौ । ओमानले यही अप्रिल २४ बाट लागू हुने गरी भारत, पाकिस्तान र बंगलादेशबाट प्रवेशमा प्रतिबन्ध लगाएको छ।
स्थानीय खलिज टाइम्सका अनुसार कोरोना भाइरसको बढ्दो संक्रमण रोक्नका लागि ओमान सरकारले भारत, पाकिस्तान र बंगलादेशबाट आउने मानिसलाई प्रवेशमा प्रतिबन्ध लगाएको हो। यो प्रतिबन्ध पछिल्लो २४ घन्टाको अवधिमा यी ३ देशबाट हुने फ्लाइट ट्रान्जिसन गरेका यात्रुलाई पनि लागू हुनेछ।
यो प्रतिबन्ध ओमानी नागरिक, राजनीतिज्ञ, स्वास्थ्यकर्मी र तिनका परिवारलाई भने लागू हुने छैन। तर उनीहरु ओमानमा प्रवेश गरेपछि स्वास्थ्य परीक्षण भने गरिनेछ।
भारत, पाकिस्तान र बंगलादेशमा हाल कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19