काठमाण्डौ । समय र परिस्थिति अनुुकुल नभएपछि ठूला र सम्पन्न राष्ट्रको पनि दिन बिग्रन समय लाग्दो रहेनछ । संसारभर आफ्नो प्रभाव छोड्ने र आर्थिक रुपमा विश्वकै अभिभावक बन्ने दाउमा रहेको चिन अहिले आफैं बिरामीका कारण थला परेको छ । अहिले चिनमा ज्यानमारा कोरोना भाइरसले सयौंको ज्यान लिदै मृत्युको विकराल रुप लिदै छ । चारैतर्फ भय, डर, र चिन्ताको बादल मडारिएको छ । जसले गर्दा चीनको सबल पक्षको रुपमा रहेको आर्थिक स्थिति दिनप्रतिदिन कमजोर बन्दै गइरहेको छ । ज्यानमारा कोरोनाभाइरसबाट चिनमा मात्रै अहिलेसम्म ३६१ जनाले आफनो जीवन गुमाइसकेका छन् । करिब १७ हजार व्यक्तिमा यसको संक्रमण देखिएको छ । यसरी अपुरणीय मानवीय क्षति व्यहोरिरहेको चिनले विगत एक महिना देखि आर्थिक नोक्सानीको पनि सामना गरिरहनुु परेको छ । समाचार एजेन्सी रोयर्टसकाअनुसार बितेको ३० वर्षको लामो अवधिमा चिन सबैभन्दा कमजोर आर्थिक परिस्थितिबाट गुज्रिरहेको छ ।
चिनको र बाँकी विश्वकै दुश्मनको रुपमा देखा परेको कोरोना भाइरसले चिनको अर्थतन्त्रमा ठूलो झट्का लागेको छ । चिनका ठूला कम्पनीहरुले पछिल्ला चार वर्षको अवधिमा सबैभन्दा कम नाफा कमाएका छन् । यसअघि अमेरिकासँग भएको व्यापारिक युद्धबाट भएको नोक्सानबाट माथि आउन खोजेको चिनको अर्थतन्त्र फेरि ओरालो मार्गमा लम्कदैछ । लगानीकर्तामा देखिएको चिन्ता र डरले त्यहाँको सेयर बजार पनि निरन्तर खस्कदै गइरहेको छ । लगानीकर्ताको करीब ४२० बिलियन डलर डुबिसकेको छ ।
एक महिनामा डुब्यो ४८ लाख करोड रुपैया
नयाँवर्ष २०२० को सुरुवात चिनका लागि खराब रह्यो । नयाँ वर्षको सुुरुवात संगै चिनको सेयर बजारमा गिरावट देखियो । कोरोना भाइरसले गर्दा सेयर बजार घट्ने क्रमले झनै तिव्रता पायो । चिनको सेयर बजारमा अहिलेसम्म ९ प्रतिशतको गिरावट देखिएको छ । यस क्रममा लगानीकताले झण्डै ४८ लाख करोड रुपैयाँ गुमाइसकेका छन् । अर्काेतर्फ चिनिया मुद्रा युआन १.२ प्रतिशतले कमजोर बनेको छ ।
चिनियाकम्पनीले आर्जन गरे ३० वर्षकै सबैभन्दा कम नाफा
सन् २०१५ पछि चिनको औद्योगिक नाफामा सबैभन्दा बढी गिरावट देखिएको छ । नाफा ३.३ प्रतिशत घटेर ८९७ अर्ब डलर पुगिसकेको छ । सन् २०१५ मा चिनिया कम्पनीहरुको नाफामा २.३ प्रतिशतको गिरावट देखिएको थियो । अहिले कोरोनाभाइरसले चिनमा अनिश्चिताको वातावरण सिर्जना भएको छ । जसले गर्दा त्यहाँको आर्थिक गतिविधिमा कमी आइरहेको छ । आर्थिक गतिविधिमा कमी संगै चिनको सेयर बजारमा पनि रातो रंगमै कारोबार भइरहेको छ ।
अझै बिग्रन सक्छ अवस्था
डिसेम्बरको त्रैमासमा नै चिनको अर्थतन्त्र खराब अवस्थामा रहेको थियो । जबकि जनवरीको नतीजा आउन बाँकी छ । यस्तोमा कोरोना भाइरसले जनवरीको नतीजालाई अझै नाजुक बनाउन सक्ने देखिन्छ । अर्थविद्काअनुसार सन् २०२० को पहिलो छ महिनामा चिनले ज्यादै खराब आर्थिक वृद्धिको सामना गर्नुु पर्ने हुनसक्छ । चिनमा रहेका कयौ बहुराष्ट्रिय कम्पनीहरुले आफ्ना उत्पादनलाई ९ फेब्रुअरीसम्म बन्द गरेका छन् ।
कोरोना भाइरसले सिर्जना भएको नकारात्मक वातावरणमा सुधार नदेखिए यी कम्पनीहरुले उत्पादन बन्द गर्ने आफ्नो निर्णयलाई अझै लम्बाउन सक्छन् ।
हवाई उडान, व्यापार सबै बन्द
धेरैजसो देशले चिनमा गर्दै आएको आफ्ना नियमित उडानलाई रद्ध गर्ने निर्णय गरेका छन् । यसका साथै विश्वका ठूला कम्पनीले चिनसँगको व्यापारलाई बन्द गरेका छन् । रसियाले चिनसंग सिमा जोडिएका आफ्ना नाका समेत बन्द गरेको छ । यस्तोमा चिनको अर्थतन्त्र नराम्ररी खस्कीने अनुमानगरिदैछ ।
चिनको घट्दो अर्थतन्त्र विश्वका लागि खतरा
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देशको बिग्रदो आर्थिक अवस्थाले विश्व अर्थतन्त्रलाई नै झट्का लाग्न सक्नेछ । निरन्तर खस्कीरहेको चिनको आर्थिक वृद्धि दरले विश्वको आर्थिक वृद्धिलाई पनि धक्का लाग्ने देखिन्छ । फोब्र्सको एउटा रिपोर्ट अनुुसार कोरोनाभाइरसको प्रकोपबाट चिनको विकास दर ०.५ देखि १ प्रतिशतसम्मले घट्न सक्नेछ । र यदि चिनको आर्थिक वृद्धि दरमा १ प्रतिशतको पनि गिरावट आउँछ भने चिनको अर्थतन्त्रले १३६ अर्ब डलरभन्दा बढी घाटा व्यहोनुपर्ने हुनसक्छ ।
अब के हुन्छ ?
रोयटर्सकाअनुसार चिनले आफ्नो बिग्रदो अर्थव्यवस्थामा सुधार ल्याउन पहलकदमी चाल्न सक्छ । चिन सरकारले बजारमा नगद प्रवाह बढाउन डिमान्ड लोनमार्फत ऋणको मात्रा वृद्धि गर्न सक्छ । बन्द रहेका कलकारखाना पुनः सञ्चालन गर्न कम्पनीहलाई अनुदानको व्यवस्था गर्न सक्छ । तर पनि तत्काल नै यसमा सुधारको सम्भावना भने एकदमै न्यून रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago