काठमाण्डौ । सन् २०२० मा तेलको मूल्यमा आएको पहिरो अहिलेसम्म थामिएको छैन । कोरोनाभाइरसले विश्वमा आतंक फैलाउन थालेपछि आएको कच्चा तेलको मूल्यको गिरावट थामिने कुुनै संकेत पनि देखिएको छैन । 

सोमबार अमेरिकाको कच्चा तेलको मूल्यमा ७ प्रतिशतको गिरावट आएपछि १८ वर्षे पुुरानो रेकर्ड तोडिएको छ । त्यतिबेला कच्चा तेलको मूल्य प्रति ब्यारेल २०.०९ अमेरीकी डलर थियो । 

कोरोनाभाइरसको महामारीले विश्वमा आतंक फैलाएपछि अहिले विश्वमा उर्जाको माग व्यापक रुपमा घटेको छ । जसले गर्दा अमेरिकामा कच्चा तेलको मूल्य प्रति ब्यारेल १९.२७ अमेरीकी डलर पुुगेको छ । जुुन सन् २००२ पछिकै कमजोर इन्ट्राडे मूल्य हो । 

विश्वको बेञ्चमार्क ब्रेन्ट क्रूडको मूल्यमा १३ प्रतिशत गिरावट संगै तेलको प्रति ब्यारेल २१.६५ पुुगेको छ जुुन १८ वर्षकै तल्लो विन्दुु हो । 

विश्वभरका सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि सामाजिक दुुरी कायम राख्न लकडाउन गरिरहेका कारण तेलको मागमा व्यापक गिरावट आएको छ । अन्तर्राष्ट्रिय उडानहरु बन्द अवस्थामा छन् । राजमार्गहरु सुुनसान छन् । साना र ठूला कलकारखानाले आफ्ना उत्पादन ठप्प पारेका छन् । 
बैंक अफ अमेरिकाका अनुुसार यो चौमासमा विश्वमा तेलको खपतमा प्रतिदिन १ करोड २० लाख ब्यारेलको गिरावट आउनेछ । अर्थात खपतमा १२ प्रतिशतको गिरावट आउनेछ, जुुन गिरावट अहिलेसम्म उच्च गिरावट हुनेछ । 

यहीबेला जब विपरीत कदमको आवश्यकता पर्छ , रुस र साउदी अरेबियाले भने विश्वमा तेलको बाढी ल्याइरहेका छन् । यि दुुईबीचको मूल्य युुद्धले बजारमा तेलको मूल्य थप प्रभावित भइरहेको छ।