काठमाण्डौ । कोरोना भाइरसका कारण कमी आएको मागमा वृद्धि भएपछि बुुधबार तेलको मूल्यमा उछाल आएको छ । तथापि यो उछाल अमेरिकी कच्चा तेल उद्योगले आशा गरेकोभन्दा कम हो ।
वेष्ट टेक्सास इन्टरमिडियट क्रूड फ्युुचर्सको तेलको मूल्य प्रतिब्यारेल २.०५ डलर बढेर १७.११ अर्थात १३.६ प्रतिशत पुुगेको छ ।
अमेरिकाको बेञ्चमार्कमा बुुधबार तेलको मूल्यमा २२ प्रतिशतको बढोत्तरी आएको छ । ब्रेन्ट एलसिओसि १ को तेलको मूल्य प्रतिब्यारेल १.७१ डलर बढेर २४.२५ अर्थात डलर पुुगेको छ ।
गत साता अमेरिकाको कच्चा तेल इन्भेन्टरी ९ मिलियन बढेर ५२७.६ मिलियन ब्यारेल पुुगेको थियो । तथापि विश्व तेल बजारमा तेलको भण्डारलाई लिएर चिन्ता र चासो प्रकट भइरहेका छन् ।
इन्टरनेशनल इनर्जी एजेन्सीले जुुन महिनाको मध्यसम्म विश्वमा तेल भण्डारलको क्षमता उच्चम विन्दुुमा पुुग्ने र तेलको मागमा पनि ६ प्रतिशतको गिरावट आउने चेतावनी दिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago