काठमाण्डौ । मार्च यता कच्चा तेलका लागि सबैभन्दा खराब साताको रुपमा गत साताले रेकर्ड बनाएको छ । यो एक सातामा कच्चा तेलको मूल्य प्रक्षेपित र अनुमानित आँकडाभन्दा निकै तल झर्न पुगेको छ ।
एक हप्ताको अन्तरालमा कच्चा तेलको मूल्य प्रति ब्यारेलमा १० डलरले घट्न पुगेको हो । यसले तेलको व्यापार गर्ने मुलुकहरुको टेन्सन बढाइदिएको छ भने नेपालजस्तो तेल आयात गर्ने मुलुकहरुलाई थोरै पनि राहातको महसुस गराएको छ ।
कतिपय विश्लेषकहरुले कच्चा तेलको मूल्य ट्रिपल डिजीटमा उक्लिने प्रक्षेपणहरु सार्वजनिक गरिरहेका थिए । यो क्रमका कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नजिकै पुगेको थियो । त्यसपछि तल झर्न थालेको मूल्य गत साता १० डलरले घटेको हो ।
हाल ब्रेन्ट क्रूड प्रति ब्यारेल ८४ डलरमा सीमित बन्न पुगेको छ । डब्ल्यूटीआई क्रूड ८२ डलर प्रति ब्यारेलमा आइपुगेको छ ।
अघिल्लो साताको तुलनामा इन्धनको उत्पादन करिब १० लाख ब्यारेलले घटे पनि मागमा आएको संकुचन लगायतका कारणले मूल्य अपेक्षित बढ्न नसकेको मिडिया रिपोर्टहरुमा जनाइएको छ । विशेष गरी अमेरिका जस्ता ठूला बजारमा इन्धनको माग नाटकीय ढंगले घटेपछि यसको असर मूल्यमा परेको हो ।
यो बीचमा ओपेक प्लस देशहरुले आफ्नो उत्पादन कटौतिलाई कायमै राख्ने निर्णय गरेका थिए । तर, यो निर्णयका कारण सम्भावित मन्दीको बादल मडारिएको थियो । यी सबै चुनौतिलाई चिर्दै तेलको भाउ घटी नेपालजस्ता देशहरुलाई थोरै भए पनि राहातको महसुस गराएको हो ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19