काठमाण्डौ । प्रभू बैंकले जेठ १५ गते कञ्चनपुर जिल्लाको पुनर्बाास नगरपालिका वडानम्बर ३ मा शाखा कार्यालय स्थापना गरी औपचारिक कारोबार थालेको छ ।
एक समारोहका बीच बैंकको पुनर्बास शाखाको सोही नगरपालिकाका मेयर जीवनराज थापाले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
यो शाखा समेत गरी बैकले १७९ वटा शाखा, १४५ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19