काठमाण्डौ । कतारको राष्ट्रिय ध्वजावाहक हवाई कम्पनी कतार एयरवेजले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहराइनले आफ्ना एयरस्पेसबाट प्रतिबन्ध लगाएकाले यी देशहरुबाट क्षतिपूर्ति स्वरुप न्यूनतम ५ बिलियन डलर माग गरेको छ ।
कतार एयरवेजलाई यी चार राष्ट्रले सन् २०१७ देखि आफ्ना एयरस्पेसबाट प्रतिबन्ध लगाएको थियो । कतारले आतंकवादलाई समर्थन गरेको आरोप लगाउँदै यी चार राष्ट्रले कतारसँगको सम्झौता तोडेका थिए । तर दोहाले आफ्नो स्वाधिनतामा धावा बोल्ने उद्देश्यले प्रतिबन्ध लगाइएको भन्दै यो आरोपको खण्डन गर्दै आइरहेको छ ।
कतार एयरवेजले पनि यो प्रतिबन्ध आफूलाई लक्षित गरेर लागू गरिएको र यी चार देशमा कम्पनीको सञ्चालन बन्द गर्न, लगानीलाई विफल पार्नका साथै कम्पनीको वैश्विक सञ्चालन सिध्याउने उद्देश्यका साथ गरिएको जनाएको छ ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै अरब लगानी सम्झौतासहित तीनवटा सम्झौताअन्तर्गत चारवटा लगानी मध्यस्थताबाट आफूलाई पर्न गएको नोक्सानी दाबी गरेको छ ।
कतार एयरवेजका कार्यकारी प्रमुख अकबर अल बकरले यो संकट हल गर्न गरेको तीन वर्षभन्दा लामो छलफलबाट कुनै पनि परिणाम ननिस्किएपछि आफ्नो अधिकार रक्षा गर्न र पूर्ण क्षतिपूर्ति दाबी गर्न कानुनी बाटो रोजेको बताउँछन् । कतार एयरवेजको आफ्नो सीमित एयरस्पेस भएको र चार राष्ट्रले प्रतिबन्ध लगाएकाले उडानका लागि कम्पनी इरानमा निर्भर रहँदै आइरहेको छ । यो विवादको कानुनी लडाइँमा गत साता देशहरुबीचको समस्या सुल्झाउने संयुक्त राष्ट्रसंघको सर्वाेच्च अदालतले कतारको पक्ष लिएको थियो ।
-एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago