काठमाण्डौ । भारतमा २ हजार दरका नोट चलनचल्तीबाट हटाउने निर्णय भएको छ। यो नोट भारतमा चलनचल्तीमा रहेको अहिलेसम्मकै सबैभन्दा ठूलो हो।
भारतमा २ हजारको नोट बन्द भएपछि सबैभन्दा ठूलो नोट ५०० रुपैयाँको मात्र हुनेछ। किनकि २०१६ मा नोट प्रतिबन्धका क्रममा १ हजारका दर नोट पनि बन्द भएको थियो। जुन फेरि चल्न सकेन।
त्यसो भारतमा छापिएको सबैभन्दा ठूलो २ हजार दरको नोट होइन। रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले छापेको सबैभन्दा बढी मूल्यको नोट १० हजार दरको थियो। यो नोट १९३८ मा छापिएको थियो। तर, जनवरी १९४६ मा त्यसलाई बन्द गरिएको थियो।
भारतमा सन् १९५४ मा फेरि १० हजार दरका नोट चल्यो। तर, फेरि १९७८ मा यो नोट चलनचल्तीबाट हटाइयो।
कुन देशमा चलनचल्तीमा छ सबैभन्दा ठूलो दरका नोट ?
महँगीबाट ग्रसित अर्को दक्षिण अफ्रिकी देश भेनेजुएला यसमा सबैभन्दा अगाडि छ। यो देशको सबैभन्दा मूल्यवान नोट १० लाख रुपैयाँ रहेको छ। यसअघि अक्टोबर २०२१ मा सरकारले एक लाख बोलिभरको नोट छापेको थियो। आर्थिक संकटको सिकार भेनेजुएला यति ठूलो नोट छाप्ने विश्वकै पहिलो देश बनेको छ।
उता चिनियाँ अर्थतन्त्र दोहोरो मुद्रा प्रणालीमा आधारित छ। चिनियाँ रेन्मिन्बी (आरएमबी) मुख्य भूमि चीनभित्र घरेलु लेनदेनका लागि प्रयोग गरिन्छ। जब कि चिनियाँ युआन (सीएनवाई) मुख्य भूमिबाहिर अन्तर्राष्ट्रिय लेनदेनका लागि प्रयोग गरिन्छ। चीनको सबैभन्दा ठूलो दरको नोटका बारेमा कुरा गर्दा रेन्मिन्बी नोट १२ मूल्यमा जारी गरिएको छ। यसमा १, ५, १०, २०, ५०, १००, २००, ५००, १ हजार, ५ हजार, १० हजार र ५० हजार दरका युआन समावेश छन्। अर्थात् देशको सबैभन्दा ठूलो नोट ५० हजार दरको हो।
इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानको कुरा गर्ने हो भने देशमा सबैभन्दा बढी मूल्यको नोट ५ हजारका दरको रहेको छ। पाँचौँ पुस्ताको शृंखलाका रुपमा सन् २००५ मा ५ हजार दरको नोट ल्याइएको थियो र हालसम्म चलनचल्तीमा छ। तर, आर्थिक संकटका बीचमा धेरै अर्थशास्त्रीले यसलाई बन्द गर्न सुझाव दिएका छन्।
स्टेट बैंक अफ पाकिस्तानको आधिकारिक वेबसाइटमा दिइएको जानकारीअनुसार त्यहाँ ५, १०, २०, ५०, १००, ५००, १ हजार र ५ हजार दरका नोट छन्।
देशमा लगातार बढिरहेको महँगीका बीचमा अर्जेन्टिनामा अर्को ठूलो दरको नोट जारी गर्ने तयारी भइरहेको छ। यो नयाँ नोट २ हजार पेसोको हुनेछ। हालसम्म १ हजार पेसोको नोट अर्जेन्टिनाकै सबैभन्दा ठूलो हो। अर्जेन्टिनाको केन्द्रीय बैंक (बीसीआरए) ले पनि यसअघि २ हजार दरका नयाँ नोट ल्याउने तयारी भइरहेको पुष्टि गरेको थियो। नयाँ नोटको मूल्य अमेरिकी मुद्रामा ११ डलरबराबर हुनेछ। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago