काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा आजबाट कारोबार शुरु गर्ने गरी सिभिल, सेञ्चुरी र एक्सेल बैंकलाई आबद्ध गराएको छ ।

बैंकका ग्राहकहरुले यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाख सम्मको अनलाईन भुक्तानीहरु गर्नसक्ने छन् ।

यस प्रणालीमार्फत बैंकका ग्राहकहरुले डब्लु डब्लू डट कनेक्ट आइपीएस डटकममा गई आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिलभुक्तानी लगायतका कारोबारहरु गर्नसक्ने व्यवस्था रहेका छन् ।

यस्ता सबै कारोबारहरु अनलाईनमार्फत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुन्छ । हाल उक्त प्रणालीमार्फत नेपाल सरकारको करराजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेका छन् र छिटै अन्य सेवाहरु समेत थप गर्न सकिने गरि काम भइरहेको कम्पनीले जनाएको छ ।