काठमाण्डौ । कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति गरेको प्राइम कमर्सियल बैंक लिमिटेडले आज आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।
राजधानीमा एक समारोहबीच बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले एकीकृत कारोबारको शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर तथा दुवै बैंकका वित्तीय संस्थाका सञ्चालकहरु बैंकका कर्मचारीहरुको उपस्थिति थियो।
प्राइम बैंकले विभिन्न वित्तीय संस्थाहरुलाई मर्जर/प्राप्तिसमेत गरी आफ्नो पुँजी बढाउने योजनाअन्तर्गत कन्काईलाई प्राप्ति गरेको हो । कन्काईलाई प्रांप्ति गरेपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने निक्षेप ८८ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । बैंकको कर्जा प्रवाह भने ८० हजार २८ करोड पुगेको छ ।
प्राप्ति बैंकको देशभर कुल शाखा संख्या ९५ पुगेको छ ।
गत जेठ २२ दुवै बैंकबीच मर्जर सम्झौता भएको थियो । गत साउन २२ गते एकै दिन विशेष साधारणसभा गरी एक्विजिस प्रक्रिय पूरा गरेका दुवै बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
प्राइमले कन्काईलाई १००:७१.५ सेयर स्वाप अनुपातमा प्राप्ति गरेको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago