काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कामना सेवा विकास बैंकले कमाल गर्न सकेन । यो बैंकले खूद नाफातर्फ अघिल्लो वर्षको यही अवधिको तुलनामा १.६३ प्रतिशतको मात्र प्रगति गर्न सक्यो । 

अघिल्लो वर्ष १३ करोड ६० लाख रहेको खूद नाफा बढेर यो वर्ष १३ करोड ८२ लाखको उचाईमा पुगेको हो । 

अघिल्लो वर्ष १६ करोड ६ लाख रहेको संचालन नाफा बढाएर १८ करोड ८३ लाखको उचाई चुमाएको छ भने खूद ब्याज आम्दानीमा २२.५६ प्रतिशतको प्रगति गर्दै ३७ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । 

समीक्षा अवधिमा यो बैंकले १७ अर्ब २७ करोड निक्षेप संकलन गरी १५ अर्ब ७४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप २४.५४ प्रतिशत र कर्जा २७.०६ प्रतिशतले बढाएको हो । 

चुक्तापूँजी २१.३२ प्रतिशतले वृद्धि गरेको बैंकको खूद नाफातर्फ झिनो मात्र प्रगति भएका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानी १६.२३ प्रतिशतले घटेर ११ रुपैयाँ ५ पैसा कायम भएको छ । 

समीक्षा अवधिमा कामना सेवा विकास बैंकको प्रतिसेयर नेटवर्थ १४२.०९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.२८ गुणा कायम भएको छ ।