काठमाण्डौ । फेसबुकको मूल कम्पनी मेटाले ११ हजारभन्दा बढी कर्मचारीलाई जागिरबाट निकाल्ने निर्णय गरेको छ।

कम्पनीको आम्दानी घटेपछि सामाजिक सञ्जाल फेसबुकले कर्मचारी कटौती गर्ने निर्णय गरेको हो। यो निर्णयपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले एक विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा मार्क जुकरबर्गले भनेका छन्, ‘आज म मेटाको इतिहासमा मैले गरेको सबैभन्दा कठिन परिवर्तन सेअर गर्दैछु। मैले मेरो टोलीलाई लगभग १३ प्रतिशतले संकुचित गर्ने र ११ हजारभन्दा बढी प्रतिभाशाली कर्मचारीलाई हटाउने निर्णय गरेको छु।’

मार्क जुकरबगले भनेका, ‘मलाई थाहा छ यो सबैका लागि गाह्रो छ, र यसबाट प्रभावितहरुका लागि म दुःखी छु।’

मार्क जुकरबर्गले सन् २००४ मा फेसबुक सुरु गरेका थिए। फेसबुकमा करिब ८७ हजार कर्मचारी कार्यरत छन्। –एजेन्सी