काठमाण्डौ । धितोपत्र बोर्डबाट हकप्रद निश्कासनको स्वीकृति पाएसँगै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमीटेडले बुक क्लोजको मिति तोकेको छ ।

यो बैंकले आगामी असोज १८ गतेलाई बुक क्लोजको मिति तोकेको हो । यसको अर्थ असोज १७ गतेसम्म यो बैंकको सेयर खरीद गर्ने वा नामसारी गर्नेहरुले मात्र हकप्रद भर्न पाउनेछन् । 

यो बैंकले हाल कायम चुक्तापूँजीको १ः१.२० बराबरको अनुपातमा हकप्रद सेयर निश्कासन गर्न लागेको हो । 

बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल २६ लाख ४३ हजार कित्ता सेयर निश्कासन गर्नेछ । एनआइबिएल क्यापिटल मार्केट लिमीटेड हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा रहनेछ । 

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड ६१ लाख खूद नाफा आर्जन गरेको छ । हाल यो बैंकको चुक्तापूँजी २२ करोड २९ लाख रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि ४८ करोड ४६ लाखको उचाईमा पुुग्नेछ ।