काठमाण्डौ । धितोपत्र बोर्डले कर्णाली डेभपमेन्ट बैंक लिमीटेडलाई १ बराबर २ः२५ को अनुपातमा(२२५ प्रतिशत) हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ । 

यो बैंकलाई पुस २ गते बोर्डले हकप्रद निश्कासनको अनुमति दिएको हो । 

अनुमति पाएसँगै अब कर्णाली डेभलपमेन्ट बैंकले १०० रुपैयाँ अंकित मूल्यका ३३ लाख ९७ हजार कित्ता हकप्रद सेयर निश्कासन गर्नेछ । 

प्रभूू क्यापिटल यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ । 

यो विकास बैंकको २०७४ असार ३ गते सम्पन्न विशेष साधारणसभाले पूँजीवृद्धिको उद्देश्यले २२५ प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेकोथियो । 

हाल यो बैंकको चुक्तापूँजी १५ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्तापूँजी बढेर ४९ करोड ७ लाखको उचाईमा पुुग्नेछ । 

यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता २५६ रुपैयाँ रहेको छ ।