काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।
बैंक सञ्चालक समितिको बैठकले यही फागुन २२ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा पर्साको वीरगन्जस्थित बैंकको प्रधान कार्यालयमा बिहान ७ः१५ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित वितरणयोग्य मुनाफा र वितरणयोग्य अन्य कोषहरुबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५० करोड रुपैयाँको कुल ५.२६ प्रतिशतले हुन आउने २ करोड ६३ लाख १५ हजार ७८९.४७ रुपैयाँबराबरको लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने २ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशतले हुन आउने १३ लाख १५ हजार ७८९.४७ रुपैयाँबराबरको नगद लाभांश छन्।
बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ।
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
संस्थापक र सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिको सदस्यको मनोनयन वा निर्वाचन सभाले गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले यही फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago