काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ।
बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा वीरगन्जस्थित बैंकको प्रधान कार्यालयमा बिहान ७ः३५ बजेबाट सुरु हुनेछ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धमा गर्नुपर्ने आवश्यक सम्पूर्ण क्रियाकलाप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियार दिने विशेष प्रस्ताव अनुमोदन हुनेछ।
सोही सभाले नेपाल राष्ट्र बैंकको कार्यक्षेत्र विस्तारसम्बन्धी एकीकृत निर्देशनबमोजिम ‘ख’ वर्गको विकास बैंकको कार्यक्षेत्र न्यूनतम जोडिएका ५ जिल्ला हुनु पर्ने व्यवस्थाको कार्यान्वयन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। जसअनुसार बैंकले प्रदेशमा परेको मकवानपुर र काभ्रेपलाञ्चोक हटाई पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी कार्यक्षेत्र विस्तार गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी अनुमोदन गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19