काठमाण्डौ । कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि बिमा कम्पनीहरुको नियामक निकाय बीमा समिति एक साताका लागि शिल गरिएको छ। 

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार  ७ जना कर्मचारीमा कोरोना संक्रमण पृष्टि भएपछि समिति एकसाताका लागि शिल गरिएको हो । 

भोलि मंगलबारदेखि लागू हुने गरी बीमा समिति एक साताका लागि बन्द हुनेछ । 

पौडेलका अनुसार हाललाई कार्यालयबाट प्रवाह हुने अतिआवश्यकबाहेकका कामकाज बन्द गर्ने निर्णय भएको छ। तर, ती अत्यावश्यक काम पनि कर्मचारीहरुले घरबाटै गर्ने निर्णय भएको पौडेलले बिजशालालाई जानकारी दिए ।