►प्रकाश बञ्जारा 
युएइ । हालै ५ प्रतिशत कर लागू गरेर राजश्व प्रशासन मजबुत गर्न खोजेकाो अरबी मुलुक युएइले अब कामको भिसामा आउने हरेकलाई चालचलन सम्बन्धी प्रहरीबाट जारी हुने प्रमाणित रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने नियम बनाएको छ । यो निर्णय पछाडिको देखिने  कारण सुरक्षा भए पनि भित्री उद्देश्य चाहि राजश्व संकलन नै रहेको देखिएको छ ।
यूएई सरकारले आगामी फेबु्रअरीबाट वर्किङ्ग भिसामा आवेदन दिँदा आफ्नै देशको सरकारी निकायबाट जारी हुने गुड कन्डक सर्टिफिकेट(राम्रो चालचलनको प्रमाणपत्र) त्यहाँ रहेको युएइ मिसनबाट प्रमाणित गरी पेश गर्नुपर्ने बताएको छ । हिजोमात्र पारित गरिएको यो नीति लागू भएपछि कामको सिलसिलामा पहिलो पटक आउने हरेक आप्रबासीले भिसाको प्रक्रिया प्रारम्भ हुनुपुर्व नै प्रहरी रिपोर्ट पेश गर्नुपर्ने हुन्छ ।
युएइलाई संसारको सबैभन्दा सुरक्षित राष्ट्रको रुपमा विश्वसामु चिनाउन यो कदम चालिएको बताइएपछि यसले यहाँको अर्थतन्त्रलाई निकै माथि लाने विश्लेषण गरिएको छ यहाँ आउन चाहनेहरुलाई भने झण्झट थपिदिएको छ । कामदार स्वयम् र यदि परिवारका अन्य सदस्य पनि लिएर आउने भए अन्य सदस्यको समेत प्रहरीबाट जारी हुने चालचलन सम्बन्धीको प्रमाणपत्र अनिवार्य गरिएको छ । यो नियम लागू भएपछि हरेक एक कामदारबाट युएइ सरकारले राजश्व बापत नेपाली ४ हजार पाँचसय संकलन गर्नेछ । सो रकम प्रहरीबाट प्रमाणित भएको प्रमाणपत्रलाई आफ्नो देशमा रहेको युएई मिसनबाट प्रमाणीकरण गर्दा तिर्नुपर्ने हुन्छ ।
नेपालमा कहाँबाट लिने चारित्रिक प्रमाणपत्र ? 
नेपालबाट युएइ तथा अन्य युरोप अमेरिकाको यात्रा गर्दा चारित्रिक प्रमाणपत्रको आवश्यकता पर्ने गरेको छ । यो प्रमाणपत्रका लागि नेपाल प्रहरीको उपत्यकास्थित प्रहरीचौकीबाट आवेदन दिनुपर्ने हुन्छ । आवेदन दिएको ३ वा ४ दिनमा तपाईको चारित्रिक प्रमाणपत्र तयार हुन्छ र तयार भएको प्रमाणपत्र सोही ठाउँबाट सँकलन गर्न सकिन्छ । प्रहरीबाट जारी भएको चारित्रिक प्रमाणपत्रलाई नेपालको परराष्ट्र मन्त्रालयको कन्सुलर विभागबाट प्रमाणित गराउनुपर्छ । परराष्ट्र मन्त्रालयबाट प्रमाणित प्रमाणपत्र मात्र युएइको नेपालमा रहेको नियोगले प्रमाणित गरिदिन्छ । युएइको मिसनमा प्रमाणपत्र प्रमाणित गराउन जाँदा ४ हजार ५ सय रुपैयाँ कर लाग्छ । 
१० कक्षा नपढेका गार्ड फिर्ता हुने
त्यसैगरी, सुरक्षागार्डको काममा आउने हरेक आप्रबासीले कम्तीमा कक्षा १० सम्मको अध्ययन गरी प्रमाणपत्र हासिल गरेको हुनुपर्ने यहाँको सेक्युरिटि इन्डस्ट्रि रेगुलेटङ्ग एजेन्सी सिराले बताएको छ । यही जनवरीबाट लागू हुने गरी सम्पूर्ण सुरक्षा गार्डको रुपमा काम गरिरहेका वा नयाँ नियुक्त हुने आप्रबासीले सेक्युरिटिको लाइसेन्स नवीकरणका लागि  शैक्षिक प्रमाणपत्र आफ्नो देशको नियोगबाट प्रमाणित गरेर पेश गर्नुपर्ने अनिवार्य नियम लागू गरेको छ । यो नियमसँगै शैक्षिक योग्यता कम भएका, तर हाल काम गरिरहेका सुरक्षाकर्मीले कामबाट विदा पाउने भएका छन् । 
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19