काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७४/०७५ मा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा “आठौं राष्ट्रिय कर दिवस, २०७६“ को अवसरमा आन्तरिक राजस्व विभाग लाजिमपाट, काठमाडौंबाट सम्मानित भएको छ । 

मंसिर १ गते आइतबारका दिन एक समारोहका बीच बैंकलाई सो सम्मान गरिएको हो। 

हाल यो बैंकको देशभर १०३ शाखा तथा ५१ एटीएम रहेका छन् ।