काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलनमा सुधार आउने क्रम जारी नै रहेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर ४ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ। जुन मंसिर २ गतेको तुलनामा ४ अर्ब रुपैयाँले बढी हो। गत मंसिर २ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो।
यसैगरी मंसिर ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप पनि बढेर ४२ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २६ अर्ब रुपैयाँ थियो। यो हिसाबले वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि सुधार देखिएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ४० अर्ब रुपैयाँ रहेको थियो। कर्जा लगानी पनि ४ अर्ब रुपैयाँले बढेको देखिन्छ।
मंसिर ४ गतेसम्म भने बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४५ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। जुन गत मंसिर २ गतेसम्म ४५ खर्ब ४८ अर्ब रुपैयाँ रहेको छ।
निक्षेपमा सुधार आए पनि सीडी रेसियो भने ९० प्रतिशतभन्दा माथि नै रहेको छ। मंसिर २ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९०.१५ प्रतिशत रहेकोमा बढेर ९०.१८ प्रतिशत पुगको छ।
अन्तरबैंक ब्याजदर भने ४.९६ प्रतिशत रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19