काठमाण्डौ । ‘बैंकिङ’ भन्ने शब्द मानव जीवनमा मात्रै होइन कुनै पनि ठूला वा साना देशको अर्थतन्त्र पनि बैंकिङ प्रणालीमा निर्भर हुन्छ। 

आज डिजिटल बैंकिङले जनताको कामलाई सहज बनाएको छ। मोबाइलबाट एक क्लिकमा पैसा कारोबार गर्न सकिने भएको छ। तर, के तपाइँलाई थाहा छ विश्वमा बैंकिङको सुरुआत कसरी र कहाँबाट भयो ? बैंक खोल्ने सोच कहाँबाट आयो ? 

‘बैंक’ शब्द इटालीमा पहिलोपटक प्रयोग भएको थियो। इटालियन भाषाको यो शब्द पहिलोपटक सन् ११५७ मा प्रयोग भएको थियो। विश्वको सबैभन्दा पुरानो बैंक ‘मेडिसी बैंक’ हो। यो सन् १३९७ मा जियोभन्नी मेडिसी द्वारा स्थापना गरिएको थियो। यो १५ औँ शताब्दीमा इटालीको मेडिसी परिवारद्वारा खोलिएको संस्था थियो। इटालीको चौथो ठूलो बैंक भएकाले यो बैंकको अस्तित्व अझै कायमै छ।

विश्वमा सन् २००० ईसापूर्वदेखि बैंकिङ प्रणालीको सुरुआत भएको मानिन्छ। तर, अहिलेको जस्तो पटक्कै थिएन। वास्तवमा त्यतिबेला मुद्रा ऋण दिने चलन थियो। व्यापारीहरुले किसान र व्यापारीलाई अन्न ऋण दिने गर्थे। जसले गर्दा उनीहरु अन्य सहरमा गएर सामान ल्याउने गर्थे। बैंकिङ प्रणाली बार्टर प्रणालीका रुपमा सुरु भएको थियो। जहाँ लेनदेन पैसा अर्थात मुद्राले हुँदैनथ्यो। बरु मानिसहरुले एकअर्कालाई सहयोग गर्न सामान साट्ने गर्थे।

यो प्रक्रियापछि परिवर्तन भयो र व्यापारीले लेनदेनका लागि सुनको सिक्का प्रयोग गरे। व्यवसायीहरु व्यापारका लागि समुद्री मार्गबाट अन्य देश जान थालेपछि पैसाको व्यवस्थापन गर्न सुरक्षाकर्मी खटाइयो। त्यसैगरी सेफ डिपोजिट प्रणालीको विस्तार भयो। तर, पछि व्यापारीहरुले सुनको सिक्काको सट्टामा व्यापारीहरुबाट ब्याज लिन थालेपछि व्याज प्रथा सुरु भयो।

मेडिसी बैंकको स्थापना सन् १३९७ मा भएको हुन सक्छ। तर, सन् १४७२ माचै ४ बाट बैंकिङ सेवा सुचारु भएको थियो। मेडिसी बैंक १५औँ शताब्दीमा इटालीको मेडिसी परिवारद्वारा सिर्जना गरिएको वित्तीय संस्था थियो र यो युरोपको सबैभन्दा ठूलो र सबैभन्दा सम्मानित बैंक थियो। यसको हालको नाम ‘बंका मोन्टे देई पासची डि सिएना’ हो। यो विश्वको सबैभन्दा पुरानो र अझै अस्तित्वमा रहेको बैंक पनि हो। 

कोलम्बसले अमेरिका पत्ता लगाएको समयदेखि नै यो बैंकले मानिसलाई ऋण दिन्छ। हाल यस बैंकका २ हजार शाखा, २६ हजार कर्मचारी र लाखौँ ग्राहक आबद्ध छन्। –एजेन्सी