काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट आजमात्रै १७ अर्ब ६९ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले उक्त सुुविधा लिएका हुन्। कात्तिक महिनायता बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ७९ अर्ब ४७ करोड ७४ लाख रुपैयाँ एसएलएफ सुुविधा लिएका हुन्। चालु आर्थिक वर्षको सुुरुआतदेखि हालसम्म सो सुुविधावावपत २५ खर्ब २ अर्ब २० करोड ६२ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाल लिएको विभागले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाको अनुरोधमा आकस्मिक तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो। जसको ब्याजदर ८.५० प्रतिशत रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago